ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड धोकेबाज रहेछन् शेरबहादुर देउवा


एबीसी न्यूज

काठमाडौं २१ फागुन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ताबारे भोलि मात्र निर्णय गर्ने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिएपछि कांग्रेस शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । गठबन्धनको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार बिहान ८ बजे पदाधिकारीसहित बालुवाटार जाने तयारीमा थिए । तर बालुवाटारबाट बैठक स्थगितको सूचना आयो ।

लगतै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्र प्रधानमन्त्रीलाई भेट्न पुगे । भेटमा प्रधानमन्त्रीले कांग्रेस र माओवादी गठबन्धनलाई निरन्तरता दिन नसकिने निष्कर्षमा आफू पुगेको सुनाए ।

कांग्रेस नेताहरुले किन भन्ने प्रश्न गरेका थिए । जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कोशी प्रकरण, महासमिति बैठक लगायतका कारण देखाए ।

लगत्तै देउवाले पदाधिकारीहरुसँग छलफल गरे । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा उपसभापति खड्काले प्रधानमन्त्रीसँग भएको भेटबारे जानकारी गराए । प्रचण्डले किन गठबन्धन फेरे भन्ने विश्लेषण गरे ।

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेको उनले स्वीकार गरे । तर आफूहरुले कांग्रेसका मन्त्री २ वर्षका लागि पठाएको हो भनेपछि गम्भीर रुपमा यो विषय कहिल्यै नउठाएको बताए । कोशी प्रदेशमा केदार कार्कीले एमालेसँग मिलेर सरकार बनाएपछि अठ्यारो परेको भनेर भनेको, तर डा। शेखर कोइरालाले बालुवाटारमा सहमति गरेसँगै ठीकै छ भनेर चित्त बुझाएको उनले बताए ।

पार्टीको महासमिति बैठकमा भएका छलफल पनि बहाना मात्र भएको कांग्रेस नेताहरुको निष्कर्ष छ । ‘हामीले छलफल गरेपछि यो विषय पनि टुंगिसकेको थियो,’ खड्काले नेताहरुलाई भने, ‘हामी नियमित सम्वादमै छौं । मन्त्री वा अरु कुनै कारण गठबन्धनलाई निरन्तरता दिन नसक्ने अवस्था आयो भनेर कहिल्यै भन्नु भएन ।’

आज सोमबार बिहान बोलाएर कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसक्ने भयो भनेको उनले सुनाए ।

कांग्रेस सभापति देउवाले पनि गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको आएको भन्दै उनले भने, ‘यसले ९प्रचण्डले० धोका दियो ।’

प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २र४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’

बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए ।

‘चुनाव अगाडि भएको गठबन्धनप्रति हामी अहिले पनि प्रतिबद्ध छौं । १० पुस २०७९ मा भत्किँदा पनि हामीले जोडेका थियौं,’ ती नेता भन्छन्, ‘प्रधानमन्त्री आफैं अर्को बाटो हिँड्नु भएकाले उहाँलाई नै यो कोर्स पुरा गर्न दिउँ भन्ने भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com