ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य


एबीसी न्यूज
फाल्गुन १८, २०८० शुक्रबार  १ : १५ बजे

काठमाडौं १८ फागुन ।  नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धसतकीय इनिङ्स खेल्नुभयो । ५५ रन जोड्नुभएको उहाँले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै आरिफ शेखले ३१, गलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाउनुभयो । बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन तिन विकेट लिनुभयो । ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झार्नुभयो ।

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई फाइन खेल्न नामिबियासँग आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । यस्तै लगातार दुई खेल जितेको नेदरल्यान्ड्सले चार अङ्क बनाएको छ । नामिबियाको दुई खेलबाट दुई नै अङ्क बनाएको छ । नामिबिया नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

दुई खेलमा पराजित नेपाल अङ्कविहीन छ । यदि आज नामिबियासँग पराजित भएका नेपाल फाइनल खेल्ने दौडबाट बाहिरिनेछ । नेपाललाई हराएमा नामिबिया फाइनल पुग्नेछ । नेपालले यस सिरिजको अन्तिम तथा चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

सम्बन्धित

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भेन्स इस्लामाबादबाट फिर्ता

अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com