ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभापतिले माइन्युट खोसेपछि कैलाली कांग्रेसमा विवाद


एबीसी न्यूज

काठमाडौं १८ फागुन ।   नेपाली कांग्रेस कैलालीको बैठकमा विवाद भएको छ । बिहीबार मोहन्याल गाउँपालिका(१ चोसे काँडामा बोलाइएको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सभापति नारायणदत्त भट्ट र उप(सभापति भीम बडुवालबीच विवाद भएको हो ।

अनुशासनको कारबाहीका लागि सिफारिस गरिएका उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै माइन्युट खोसे । सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यको हस्ताक्षर गराउने क्रममा बडुवालले माइन्युट खोसेका हुन् ।

विवादबारे सार्वजनिक भएको एउटा भिडियोमा उपसभापति बडुवालबाट सचिव सुनारले माइन्युट लिन खोजेका छन् ।

सचिव सुनारले ‘बैठक बसौं, कोरम पुग्छ कि पुग्दैन् रु’ भन्दै माइन्युट लिन खोजेका हुन् । तर उपसभापति बडुवालले ‘त्यो मलाई मतलब भएन पहिले मेरो बारेमा छिनोफानो गर्नुहोस् छोडिदिन्छु’ भनेका छन् ।

बैठक नबस्दै विवाद भएपछि जिल्ला कार्य समितिको बैठक स्थगित गरिएको छ ।

जिल्ला उपसभापति नारायणदत्त भट्टले उपसभापति बडुवालले लेटर प्याडको दुरुपयोग गरेपछि अनुशासनको कारवाहीमा परेको बताए । सोही कारण अघिल्ला बैठकमा समेत माइन्युटमा उनको नाम नलेखिएको उनी बताउँछन् ।

‘उसले अनुशासनहिन काम गरेपछि अनुशासन समितिले कारवाही गरिसकेको थियो । प्रदेश समितिलाई सिफारिस पनि भएको छ । कारवाही गरेपछि मैले किन उपस्थित गराउने रु’ भट्टले भने, ‘त्यो स्क्यान्डल गर्न उ त्यहाँ गएको हो । अरु केही होइन ।’

सुदूरपश्चिम प्रदेश अनुशासन समितिबाट पत्र प्राप्त नभएसम्म उपसभापति बडुवालको नाम माइन्युटमा उल्लेख नहुने उनको भनाइ छ ।

गत २२ साउनमा पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे ९आगो० र सुरत बहादुर कार्कीलाई अनुशासनको कारबाही गरेका थिए ।

उपसभापति बडुवालले उक्त कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याड प्रयोग गर्दै अर्को सूचना जारी गरेका थिए । त्यो बेलादेखि सभापति र उपसभापतिकाबीचमा मतभेद बढेको थियो ।

सोही विषयलाई लिएर सभापति भट्टले बडुवाललाई स्पष्टीकरण सोधेका थिए । नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो ।

जिल्लाले कारबाहीका लागि प्रदेश समितिलाई सिफारिस गरेपनि प्रदेशले कुनै प्रतिक्रिया जनाएको छैन ।

विवाद भएको बिहीबारको बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत बोलाइएको थियो । मुख्यमन्त्रीकै अगाडि उनीहरुबीच विवाद भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com