काठमाडौं, १८ फागुन । उद्योग वाणिज्य संघ दैलेखको आयोजनामा तेस्रो कर्णाली प्रादेशिक मेला तथा दैलेख महोत्सब एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उद्यम कृषि पर्यटन र व्यापार,संवृद्ध दैलेखको मुल आधार भन्ने मुल नारा सहित दैलेख सदरमुकामको काडाचौरमा फागुन १७ देखी २८ सम्म सञ्चालन गरिएको महोत्सबलाई नेपाल सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्रि धनराज गुरुङले उद्घाटन गरेका हुन । दैलेखको कला सँस्कृतिको संरक्षण गर्दै पर्यटकिय क्षेत्रको प्रचारप्रसार लगाएत व्यापारको रुपमा रहेको महोत्सबलाई उद्धघाटन गर्दै मन्त्रि गुरुंगले नेपालको पश्चिम क्षेत्र पिछडिएको भएपनि दैलेख स्रोत र सम्भाबनाका आधारमा धेरै बलियो जिल्ला भएको बताए ।
संवोधनका क्रममा मन्त्रि गुरुंगले अबका दिनहरुमा राजनैतिक लडाँई गर्न नहुने भन्दै रोग भोग अशिक्षा लगाएत गरिबि र भ्रष्टाचारका बिरुद्धको लडाईका लागि सबै एक हुनुपर्नेमा भन्दै त्यसका लागि राजनैतिकरुपमा एकताबद्ध हुनुपर्नेमा जोड दिए । त्यसैगरि महोत्सब मुल समारोहका अध्यक्ष एवं दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादु बिकले दैलेख जिल्ला धार्मिक पुरातात्वयिक र पर्यटकिय क्षेत्रका रुपमा रहेको भन्दै त्यसको प्रचारप्रसारका लागि महोत्सब आयोजना गरिएको जानकारी दिए । उनले महोत्सबमा सबै स्थानिय तहहरु लगाएत सरकारी ग्रैह सरकारी संस्थाहरुसँगको हातेमालो गरिएको समेत बताए । दैलेख महोत्सब उद्धघाटनको अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्नुका साथै विभिन्न नाचहरु र कलाहरु समेत प्रस्तुत गरिएको छ । फागुन १७ देखी २८ सम्म सञ्चालन हुने उक्त महोत्सबमा दैलेखका विभिन्न पर्यटकिय स्थलहरुको भ्रमण अवलोकन गरिनुका साथै स्थानिय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ ।








प्रतिक्रिया दिनुहोस्