ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुरुंगामा आधुनिक अल्लो उद्योग सञ्चालन


एबीसी न्यूज
फाल्गुन ६, २०७४ आईतबार  २ : ३० बजे

 पर्वत, ६ फागुन ।  यहाँको एक विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ । पोखरा विश्वविद्यालय र दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुंगामा नयाँ प्रविधिसहितको यस्तो उद्योग खोलिएको छ ।

अल्लोको लोक्तालाई पकाउँदा, कुट्दा र धागो निकाल्दा समय र लागत समेत अत्यधिक पर्न थालेपछि लघु उद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा अजय थापाले बताउनुभयो । लघु उद्यमीका लागि थोरै समयमै धेरै उत्पादन लिन सकियोस् भन्ने उद्देश्यले थापाले उक्त प्रविधिको अन्वेषण गर्नुभएको हो । झण्डै रु २० लाखको लागतमा उद्योग खोल्न सफल भएको उहाँले बताउनुभयो ।

अन्वेषक थापाका अनुसार परम्परागत रुपमा हुँदै आएको अल्लो प्रशोधनलाई कसरी सस्तो, छिटो र व्यावसायिक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्ने क्रममा नयाँ प्रविधिको विकास गरिएको हो र यसले ग्रामीण क्षेत्रका लघु उद्यमीलाई फाइदा पुग्नेछ । नयाँ प्रविधिले अल्लोको भुवा प्रशोधनमा ठूलो मद्दत मिलेको र यो उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने स्थानीय उद्यमी रनमाया पुनको विश्वास छ ।

नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि छ । परम्परागत रुपमा प्रशोधन गर्दा शारीरिक श्रम र समयसमेत बढेकाले नाफा कमाउन कठिन हुँदै आएको थियो । पहिले १० जनाले गर्ने काम अहिले एक जनाबाटै सम्भव भएको पुनले बताउनुभयो । ‘नयाँ प्रविधि हाम्रा लागि बरदान नै भएको छ,’ उहाँले भन्नुभयो । पहिले अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपथ्र्यो ।

नयाँ प्रविधिको विकासमा कोरियाको विज्ञान प्रविधि मन्त्रालय, नेशनल रिर्सच फण्ड कोरिया, हङकङ विश्वविद्यालय, नेपाल इनोभेसन एण्ड इण्टरप्रेनरसिप सेन्टर, पोखरा विश्वविद्यालय लगायतले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । अल्लो प्रशोधनमा गाउँलेले धेरै समय र परिश्रम खर्च गरेका तर त्यसअनुसार लाभ लिन नसकेका कारण नयाँ प्रविधिको खोजी भएको थियो ।

लघु उद्यमका क्षेत्रमा लामो समय काम गरेका तुलसी सुवेदीले अन्वेषकलाई गाउँमा पु¥याएका थिए । अहिले प्रविधिको सफल परीक्षणपछि आफ्नो उद्देश्य पूरा भएको सुवेदीले बताउनुभयो ।
नयाँ प्रविधिसहित सञ्चालनमा आएको भुमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग यसै सातादेखि शुरु भएको हो । जिल्ला लघु उद्यमी संघका अध्यक्ष तथा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत र हङकङ विश्वविद्यालय कोरियाको प्राध्यापक योनसिक हानले संयुक्त रुपमा उद्योगको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन गर्दै उपाध्यक्ष महतले अल्लो प्रशोधनलाई व्यावसायिक बनाउन गाउँपालिकाले २० वर्षे उद्योग रणनीति बनाएर अघि बढेको जानकारी दिनुभयो ।

यसअघि उत्तरी पर्वतको सालिजामा उद्योग मन्त्रालयको सहयोगमा अल्लो प्रशोधन उद्योग सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com