ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनी सांसद- अमेरिकाका लागि युक्रेन इरान, उत्तर कोरिया वा चीनसँग पनि लड्न तयार छ


एबीसी न्यूज
फाल्गुन १४, २०८० सोमबार  १ : ३६ बजे

काठमाडौं १४ फागुन । युक्रेनका एक सांसदले आफ्नो देशले अमेरिकालाई जुनसुकै देशसँगको युद्धमा सघाउने बताएका छन्। उनले चीन, इरान, उत्तर कोरियाको नाम लिँदै ती देशसँग अमेरिकाको युद्ध भए युक्रेनले सहयोग गर्ने बताएका हुन्।

सीएनएनसँगको एक अन्तर्वार्तामा सांसद अलेक्सी गोन्चारेन्कोले अमेरिकासँग सहयोग माग्दै यस्तो बताएका हुन्।

‘अमेरिकाले हामीलाई चाहिनेजति सहयोग गरौँला भनेको थियो। त्यो वाचा पूरा गर्ने समय हो यो,’ उनले भने।  युक्रेनलाई सहयोग गर्ने प्रस्ताव अमेरिकी संसदमा रोकिएको छ।

राष्ट्रपतीय चुनावमा ध्यान केन्द्रित गर्दा युक्रेन पीडित हुन नहुने उनको भनाइ थियो। अमेरिकामा जसले जिते पनि युक्रेनले वासिङ्टनकै हितको सेवा गर्ने उनले बताए।

‘भविष्यमा युद्ध भए अमेरिकीहरुलाई काँधमा काँध जोडेर उभिने मान्छे चाहिन्छ। त्यसरी सहयोग गर्ने मुलुक धेरै छैनन्,’ उनले भने, ‘युक्रेनीहरु तयार छन्। हामी तयार छौँ, अमेरिकासँग काँधमा काँध मिलाएर उभिन। तेहराननजिकको सुरुङमा होस वा उत्तर कोरियामा, वा बेइजिङनजिकको। केही फरक पर्दैन। किनभने तपाईंहरुको सहयोग हामीलाई अमूल्य छ।’ एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com