ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामहरि खतिवडा– ‘विमान किन्ने बहानामा पर्यटन मन्त्रीले १८ करोड कमिसन खाने सूचना प्राप्त भयो’


एबीसी न्यूज

काठमाडौं १३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले गरेका विभिन्न नियुक्ति तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटन मन्त्री सुदन किराँतीले अहिले विश्वमा उत्पादन बन्द भइसकेको ट्वीनअटर विमान खरिदको नाममा १८ करोड कमिसन खान लागेको सूचना आफूले पाएको बताएका छन् । साथै मन्त्री किराँतीले टाट पल्टेको निगममा ६२ जना कर्मचारी भर्ना गरेको उनले बताए ।

सांसद खतिवडाले भने– ‘ती कर्मचारीलाई हाजिर गरेर कहाँ जाने, कहाँ आउने, के गर्ने थाहा छैन । हाजिर गरेर हिँडेपछि पुग्ने गरेर नियुक्तिको व्यवस्था गरिएको छ ।’ उनले नेपाल एयरलाइन्सलाई अहिले सरकारले ३१ अर्ब लगानी गरेको, निगम ४८ अरबभन्दा बढी ऋणमा डुबेको, ४ वर्षदेखि सावाँ र व्याज दुवै तिर्न नसकेको, वाइड बडी र न्यारोबडी खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ३४ अर्ब रुपैयाँ ऋणको व्याज अहिलेसम्म तिर्न नसकेको अवस्था रहेको बताए ।

सांसद खतिवडाले निगममा भएका ४ वटा जहाजमध्ये २ वटा न्यारोबडी र २ वटा वाइड बडी घाटामा रहेको, निगमलाई आन्तरिक उडानका लागि ६ वटा चिनियाँ न्यारोबडी लिइएकोमा वाई टुवेल्व र वान सिक्टिन तत्कालीन अवस्थामा झन्डै ८ अर्ब रुपैयाँमा लिइएको जहाज अहिले लिलाममा राख्दा ३८ करोडमा बिक्री हुन नसकेको बताए ।

एउटा ट्वीनअटर बिग्रिएर १० वर्षदेखि ग्राउन्डेड भएर थन्किएर बसेको र निगममा १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङबाट झन्डै ८ सय कर्मचारी छन् । यी तथ्याङ्को बाबजुतपनि पर्यटन मन्त्री नयाँ प्लेन किन्नुपर्यो भनेर लाग्नु कमिसनको खेल भएको उनले बताए ।

सांसद खतिवडाले भने– ‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो कहाँ लाने हो रु योबारे सोच्नुपर्ने भइसकेको छ । २ वटा ट्वीनअटर विमान क्यानडाबाट किनेर ल्याउने अहिले निर्णय गरिएको छ, निगमको आफ्नै समितिले अहिले हामीले ल्याउने अवस्था छैन, यी जहाजहरू उत्पादन हुन छोडिसकेका छन् भन्दा एक महिनाअघि टेन्डर आह्वान गरिसकेको अवस्था छ ।’

उनले अगाडि भने– ‘थ्री हन्ड्रेज जि भन्ने विमान ल्याउने भनिएको छ तर अहिले त्यसको उत्पादन छैन । त्यो विमान ल्याएर झन्डै १८ करोड कमिसन खाने सूचना प्राप्त भएका छन् । तैपनि मैले सुधार हुन लागेको आभास पाएको छु । मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा फोटो खिचेर बाहिर ल्याउँने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय रु’

मन्त्री सस्तो लोकप्रियतामा लागेको प्रति पनि उनले कटाक्ष गरे । उनले भने–‘सस्तो पपुलारिटीका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभी लिएर पुगेर भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने हो रु त्यसमा सरकारको ध्यान जाओस् ।’

उनले लकरमा गोली राख्ने ल्हारक्याल लामालाई शान्तिको क्षेत्र लुम्बिनी विकास कोषमा नियुक्त गरेको आपत्ति जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com