ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीन बालबालिकाको मृत्यु


एबीसी न्यूज

काठमाडौं ११ फागुन । मोरङको बूढीगंगामा भारतीय ट्रक पल्टिँदा च्यापिएका चारमध्ये तीनजनाको ज्यान गएको छ।  बूढीगंगा गाउँपालिका–४ प्रगती टोलमा आर।जे।२९ जी।बी।१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा च्यापिएकामध्ये तीनजनाको ज्यान गएको हो।

उनीहरू आफ्नो घरको आँगनमा बसिरहेका थिए। मृत्यु हुनेमा एकै परिवारका दुई जना र अर्का छिमेकी रहेका छन्।

ज्यान गुमाउनेमा बूढीगंगा गाउँपालिका(४ की ४ वर्षीया इसिता अधिकारी र छोरा निशान्त अधिकारी छन्। उनीहरू ज्योति अधिकारीका जुम्ल्याहा छोराछोरी हुन्।

उक्त घटनामा सञ्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ। आँगनमा सुतेको अवस्थामा गाडी पल्टिएपछि खसेको ठूलो ढुंगाले उनीहरूलाई किचेको थियो।

घटनामा आमाहरू ज्योति र सञ्जु खवास घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।

मार्बलको सामान लिएर उद्योगतर्फ जाँदै गरेको ट्रक पल्टिँदा घटना भएको हो। मार्बलको कच्चा पदार्थ बोकेर भारतबाट बूढीगंगाको जेएनजे मार्बल उद्योगमा आउँदै गरेको ट्रक पल्टिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास भइरहेको बताए। ट्रक हटाउन क्रेन ल्याएर प्रहरीले काममा लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com