ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजनाको शुभारम्भ, तीन प्रदेशको ९ स्थानिय तहमा परियोजना संचालन हुने


एबीसी न्यूज

चितवन । इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेका छन । बुधबार भरतपुरमा आयोजित एक भब्य कार्यक्रमको बिच सो परियोजनाको समुदघाटन गरिएको हो । बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री मसिना खड्का र बिशिस्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उदघाटन गरिन । ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्ष सम्म संचालन हुनेछ।

यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ । कार्यक्रमका प्रमुख अतिथी वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि क्रीएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा गर्दै खुशी व्यक्त गरिन् । उनले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै परियोजनालाई पुर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्ने बताइन । त्यस्तै, कार्यक्रमका बिशिस्ट अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नु पर्ने बिषयमा जोड दिइन ।

उनले भनिन, यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो। तीन प्रदेशको ९ स्थानिय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर रहेको आशा ब्यक्त गरिन । त्यसैगरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको शुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको बताए । क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट-जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बांकी नराख्ने प्रतिबधता ब्यक्त गरे । कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराएका थिए । उनले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गरे । यसैगरी इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गरेकी थिइन ।

त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कबीररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिका बारे बिचार ब्यक्त गरे । कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तब्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिए । कार्यक्रममा परियोजना संचालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिए । क्रिएशन नेपालकी महासचिव सुजाता कोइराला सहित अध्यक्षतामा हाम्रो वेस्ट स्मार्ट स्कूलका विद्यार्थी प्रतिनिधिले प्रमुख अतिथी तथ विशिष्ट अतिथिहरूलाई न्यानो स्वागतका गरेका थिए । इयुको सहयोगमा संचालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन । सो अबसरमा प्लाष्टिक सर्कुलरिटीप्रति हाम्रो प्रतिबद्धता देखाउँदै क्रिएशन क्षेत्रीय कार्यालय भित्रको मटेरियल रिकभरी फेसिलिटी (MRF) को भ्रमणको साथ कार्यक्रम अनौपचारिक सत्रमा सारिएको थियो। क्षेत्रीय कार्यालयको मैदान पनि कन्दुक इन्डस्ट्री, इको-रिभाइभ, क्लिनिट नेपाल जस्ता विभिन्न १० वटा क्लाइमेट स्मार्ट उद्यमी स्टलहरूले भरिएको थियो, जसले आफ्नो पर्यावरणमैत्री र दिगो उत्पादनहरू प्रदर्शन गर्दै थियो, जसमध्ये एउटा स्टलले हाम्रो ज्याकेटहरू प्रदर्शन गर्ने क्रिएशनको स्टल पनि थियो। 100% रिसाइकल PET बोतलहरूबाट बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com