ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनःनिर्माणकै आशामा बित्यो मदन स्मारकको आठ वर्ष


एबीसी न्यूज

काठमाडौं ९ फगुन ।   ललितपुर महानगरपालिका कार्यालय छेउमै २०११ सालमा स्थापना भएको मदन स्मारक माध्यामिक विद्यालय छ । जगदम्बा कुमारीदेवीले आफ्ना श्रीमान् मदन शमशेरको सम्झनामा स्थापना गर्नुभएको  उक्त विद्यालयको नाममा २७ रोपनी जमिन भए पनि अहिलेसम्म सोचेजस्तो स्तरोन्नति गर्न सकिएको छैन ।
विद्यालय स्थापना हुँदा निर्माण भएको २४ काठे  राणकालीन भवन हाल जीर्ण छ । विसं २०७२ को भूकम्पले उक्त विद्यालयको तीन वटा भवनमा क्षति पु¥याएपछि जोखिमको मूल्याङ्कन गरेर रातो स्टिकर टाँसिएको थियो । दुईवटा भवन हाल प्रयोगमा छैनन् । अर्को चर्किएको भवनमा भने रातो स्टिकर टाँसेपनि पठनपाठन हुने गरेको छ ।
भूकम्पले क्षति पु¥याएको भवनमा रातो स्टिकर टाँसिएपछि पुनःनिर्माणको आशामा दुई वर्षसम्म टहरमा पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जगदम्बा कुमारी देवीको २०४५ सालमा निधन भएपछि नेपाल सरकारका तर्फबाट प्राप्त रु ५० हजारबाट भवन निर्माण पुनः निर्माण गरिएको थियो ।
हालसम्म सरकारले विद्यालयको स्तरोन्नतिका लागि खासै चासो देखाएको छैन ।”भूकम्पले क्षति पु¥याएको भवनमा अहिले विद्यार्थी अध्ययन गरिरहेका छन् । विसं २०११ देखियता छाना फेरिएको छैन । वर्षा सुरु हुने वित्तिकै कक्षा कोठामा पानी चुहिन थाल्छ । भूकम्प गएको आठ वर्ष पुग्न लागिसक्यो अझै पुनःनिर्माणको सुर छैन ।
विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल भन्नुहुन्छ, “यदि सरकारले विद्यालयको भौतिक संरचनासहित स्तरोन्नतिमा चासो देखाएमा यस विद्यालयलाई नमूना सरकारी विद्यालय बनाउन सकिन्छ । विद्यालय ललितपुरको केन्द्रमा रहेको र विद्यालयको नाममा २७ रोनी जमिन रहेको हुँदा सरकारी लगानीमा नमुना सरकारी विद्यालय बनाउन सकिन्छ ।”हाल यस विद्यालयमा कक्षा एकदेखि १२ सम्म जम्मा ६०० विद्यार्थी छन् । कक्षा छ देखि १२ सम्म विद्यार्थीको भर्ना सङ्ख्या ठीकै भए पनि बालविकासदेखि कक्षा पाँच सम्मको भर्ना सङ्ख्या त्यति चित्तबुझ्दो छैन ।
बालबिकासदेखि कक्षा पाँचसम्म विद्यार्थीहरुको भर्ना दर चित्तबुझ्दो नहुनुको पछाडिको कारण सरकारी स्कुलप्रतिको बुझाइ र गलत प्रचार रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारी स्कुलको शिक्षा राम्रो भए पनि गलत प्रचार गरिएको छ । सेवा सुविधाको हिसाबले निजी स्कुलभन्दा सरकारी स्कुल धेरै माथि छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com