ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी


एबीसी न्यूज

काठमाडौं ९ फगुन ।   नेपाली कांग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ र २०७९र८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरु घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ ।

कांग्रेसले आ।व।२०७८र७९ मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत ७ करोड ४३ लाख ०३ हजार ५ सय १ रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९र८० मा भने सदस्यता, लेभी र नवीकरण शुल्कमै साढे ६ करोड भन्दा बढीले कमी आएको छ ।

आ।व।२०७९र८० मा सदस्यता, लेभी र नवीकरण शुल्क वापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ मात्र आम्दानी भएको कांग्रेसको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आ।व।२०७८र७९ मा कांग्रेसको जम्मा आम्दानी रु। १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ थियो । आ।व।२०७९र८० मा भने कांग्रेसले जम्मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी देखाएको छ ।

आ।व।२०७८र७९ मा चन्दा तथा सहयोग वापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र व्याज आम्दानी बापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष चन्दा तथा सहयोग वापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको कांग्रेसले जनाएको छ ।

आ।व।२०७८र०७९ को तुलनामा गत आर्थिक वर्ष कांग्रेसलाई चन्दावाफत ४ करोड कम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

आम्दानीसँगै खर्चमा पनि गिरावट

कांग्रेसको आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ करोड ३५ लाख १८ हजार ८२३ कम भएको छ ।

‘पार्टीको आ।व। २०७८र०७९ मा साधारण जगेडा कोषको रकम रु। ६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैयाँ भएकोमा आ।व।२०७९र८० मा उक्त रकममा केही कमी आई रकम रु।२ करोड ६१ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको आ।ब। २०७८र७९ मा कूल स्थिर सम्पत्ति ५ करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैयाँ रहेकोमा आ।व।२०७९र८० मा ह्रासकट्टी पश्चात ५ करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैँया रहेको प्रतिवेदनमा उल्लेख छ ।

आ।व।२०७८र७९ को तुललनामा आ।व।२०७९र८० मा पार्टीको मुद्दती बचत २ तिहाइले कम भई १० करोडबाट ३ करोडमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

आ।व।२०७८र७९ मा पार्टीको कूल नगद तथा बैंक मौज्दात ७ करोड ६३ लाख ९१ हजार १ सय रुपैयाँ रहेकोमा आ।व।२०७९र८० मा उक्त मौज्दात रकम १ करोड ९४ लाख १६ हजार ५ सय २५ रुपैयाँ मात्र रहन गएको छ ।

कांग्रेसले आ।व।२०७८र०७९ मा चौधौं महाधिवेशन तथा सम्मेलन सम्पन्न गरेको थियो । जसमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपँैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा आ।व। २०७८र७९ मा १ करोड १५ लाख ६५ हजार २ सय १० रुपैयाँ खर्च भएको जनाइएको छ ।

कार्यालय सञ्चालन बापत ४ करोड ११ लाख ५६ हजार १ सय ०३ रुपैयाँ र ह्रास कट्टी तथा अपलेखन बापत ४१ लाख ५९ हजार २ सय ०१ रुपैयाँ खर्च व्यवस्था गरिएको थियो । प्रतिवेदन अनुसार जम्मा खर्च १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैयाँ रहेको छ ।

कांग्रेसले आ।व।२०७९र८० मा निर्वाचन खर्चमा ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ खर्च गरेको थियो ।

कार्यालय सञ्चालन बापत ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैयाँ, भातृ संगठन सम्बन्धी खर्च बापत ४९ लाख ६० हजार रुपैयाँ र ह्रास कट्टी तथा अपलेखन बापत ३९ लाख २६ हजार ६ सय ९६ रुपैयाँ खर्च व्यवस्था गरिएको थियो । प्रतिवेदन अनुसार जम्मा खर्च ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैयाँ खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com