ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातका महानिर्देशक र डीडीसीका महाप्रबन्धकलाई मोसो दल्ने वैद्यका कार्यकर्ता पक्राउ


एबीसी न्यूज

काठमाडौं ७ फागुन । दुग्ध विकास संस्थान डीडीसी का महाप्रवन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दल्ने वैद्यका कार्यकर्ता पक्राउ परेका छन्।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार यी दुई घटनामा संलग्न मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कास्कीका सन्तोष परियार र कालिकोटका दिपेन्द्र परियार रहेका छन्। उनीहरु दुवै जना वैद्य नेतृत्वको पार्टी निकट क्रान्तिकारी युवासंघका कार्यकर्ता हुन्।

फागुन ४ गते डीडीसीका महाप्रबन्धक झालाई दूध बेचेको १७ करोड रुपैयाँ अनियमितता गरेको भन्दै मोसो दलेका थिए। यस्तै डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न पनि आलटाल गरेको उनीहरुको आरोप छ।

कर्मचारी सरुवा बढुवामा आर्थिक लाभ लिएको आरोप समेत वैद्यका कार्यकर्ताले लगाएका छन्। माघ १९ गते उनीहरुले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई पनि मोसो दलेका थिए। उनले लाइसेन्स घोटाला गरेको आरोपमा दुव्र्यवहार गरेका हुन्।

यस्तै वैद्यकै कार्यकर्ताले आइतबार सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई पनि मोसो दलेका छन्। आइतबार अधिकारीको कार्यकक्षमै पुगेर उनीहरुले मोसो दलको हुन्। यो घटनामा संलग्नहरु भने पक्राउ परेका छैनन्।

यस सम्बन्धमा पनि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रमुख खत्रीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com