ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादी प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे आन्तरिक छलफलमा


एबीसी न्यूज

काठमाडौं ६ फागुन । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी घटनामा मन्त्री ज्वाला नै दोषी ठहर भएपछि उनको चौतर्फी आलोचना र राजीनामा माग भएको छ ।

गत पुस १३ गते दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि पार्टीभित्र मन्त्री ज्वालाबारे आन्तरिक छलफल सुरु भएको हो ।

आइतबारको प्रतिनिधि सभा बैठकमा समेत प्रतिपक्षका सांसदहरूले मन्त्री ज्वालाको राजीनामा र कारबाहीको माग गरेपछि एकीकृत समाजवादी थप दबाबमा परेको छ ।

तर सो पार्टीले अहिले नै मन्त्री ज्वालाबारे केही निर्णय गरिनसकेको जनाएको छ । ‘अहिले केही निर्णय भएको छैन । हामी आन्तरिक छलफलमा छौ’, ज्वालामाथि राजीनामाको चौतर्फी दबाब छ पार्टीले के गर्दै छ रु भन्ने रातोपाटीको प्रश्नमा उपाध्यक्ष प्रमेश हमालले भने, ‘हामी छलफलमा छौ तर पहिला आयोगको रिपोर्ट हेर्छौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बालकुमारी घटनामा जोडिएका मन्त्री ज्वालाबारे जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर थप कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो । छानबिन समितिले प्रतिवेदन दिएको छ, तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा बालकुमारी घटनाबारे जवाफ दिँदै भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

गत ४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रवार प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदनमा प्रधानमन्त्रीले प्रकाश ज्वालाबारे आवश्यक निर्णय लिन सक्ने जनाइएको छ ।

‘उहाँ ९भौतिक मन्त्री ० ज्वालाले नैतिक रूपमा घटनाको जिम्मेवारी लिनुपर्छ तर नैतिक जिम्मेवारी लिएको देखिएन । भौतिक मन्त्री ज्वालाबारे प्रधानमन्त्रीले आवश्यक निर्णय लिन सक्नुहुनेछ’, प्रतिवेदनमा भनिएको छ । बालकुमारी घटनामा सजन राउत र वीरेन्द्र साहको मृत्यु हुनुका साथै मन्त्री ज्वालको गाडी जलाइएको थियो ।

पुस १३ मा बालकुमारीमा ईपीएस परीक्षा फाराम भर्ने क्रममा युवाहरूले आन्दोलन चर्काइरहेका बेला मन्त्री ज्वाला परिस्थितिको आकलन नै नगरी सोही बाटो हुँदै झन्डा हल्लाएर यात्रारत थिए । त्यस क्रममा आन्दोलनकारीसँग विवाद भएपछि परिस्थिति भड्किन पुगेको थियो । तर, मन्त्री ज्वालाले घटना हुँदा आफू त्यहाँ नभएको भनेर ‘झूटो’ अभिव्यक्ति दिइरहेका थिए ।

पार्टीको बैठकमा आफूलाई छाडेर चालक फर्किरहेका बेला आन्दोलनकारीले अकस्मात् गाडी जलाइएको दाबी उनले रातोपाटीसँगको कुराकानीमा बताएका थिए । घटनापछि सरकारले पीडित परिवारलाई दश लाख क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गर्नुका साथै जाँचबुझ आयोग गठन गरेर प्रतिवेदन पेस गर्न भनेको थियो ।

घटना भएको यतिका दिनसम्म हुँदा पनि मन्त्री ज्वाला भने आफ्नो कमजोरी स्विकार्नु र नैतिकताका आधारमा राजीनामा दिनुको साटो पदमै बहाल छन् । मन्त्री ज्वालाले नैतिकताका आधारमा राजीनामा नगर्दा प्रधानमन्त्री समेत प्रश्नको कठघरामा उभिन पुगेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीले बर्खास्त गर्नु अघि नै मन्त्री ज्वाला आफैले राजीनामा दिए थोरै भए पनि उनको नैतिकता बच्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com