ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले आज मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने


एबीसी न्यूज

काठमाडौं ६ फागुन ।   नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन आज फिर्ता लिने तयारी गरेको छ।   गएको जेठमै सरकारबाट बाहिरिएको एमालेले आज मुख्यमन्त्री सरोज कुमार यादवलाई यसअघि पार्टीले दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो।

सरकारमा रहेको जनमत पार्टीले एक महिना अघि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज मधेस प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत दिने तयारी गरेका छन्।

विश्वासको मत लिने प्रयोजनको लागि आइतबार दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।  यादवलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न केही बेरमा एमाले संसदीय दलको बैठक बस्दैछ।

‘हामी अहिले जनकपुरस्थित पार्टी कार्यालयमै छौँ,’ एमाले प्रदेशसभा सदस्य शारदा थापाले नेपालखबरसँग भनिन्, ‘सम्भवतः केही बेरमा बस्ने बैठकले मुख्यमन्त्रीलाई यसअघि दिएको समर्थन फिर्ता लिने छ।’

एमालेले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवलाई सुविधाजनक बहुमत कायमै रहने सम्भावना छ।

‘हामीले समर्थन फिर्ता लिए पनि बहुमत कायम गर्न सरकारलाई केही असर पर्ने देखिँदैन,’ थापाले भनिन्, ‘तर, अब हामी सरकारलाई समर्थन कायम राख्ने पक्षमा छैनौँ।’

स्रोतका अनुसार जनमत पार्टीले मधेस प्रदेशसभामा प्रमुख प्रतिपक्षीको बेन्चमा दाबी गरेपछि एमालेले समर्थन फिर्ता लिन लागेको हो।

जसपा नता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा यादव मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ।

हाल एमाले र जनमत पार्टी यादवको विपक्षमा रहे पनि कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन उनलाई छ।

हाल मधेस प्रदेशसभामा सत्ता गठबन्धन दलका ६५ सांसद छन्। कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९९९ र एकीकृत समाजवादीका ७ जना सांसद मधेस प्रदेश सभामा छन्।

मधेश प्रदेश सभामा एमालेका सबैभन्दा धेरै २४ जना सांसद छन्। मधेस सभामा जनमत पार्टीका का १३ जना सांसद छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com