ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा आन्दोलन गर्दागर्दै ‘हार्टअट्याक’ भएर किसानको मृत्यु


एबीसी न्यूज
फाल्गुन ४, २०८० शुक्रबार  २ : ३४ बजे

काठमाडौं ४ फागुन । भारतस्थित पन्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयाघात ९हार्टअट्याक० का कारण मृत्यु भएको छ ।

बीबीसी पन्जाबी संवाददाता गगनदीप सिंहका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो।

राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा हरनाम सिंहका अनुसार मृतकलाई हृदयघात भएको थियो ।  ‘हामीले उपचार सुरु गर्यौं तर दुर्भाग्यवश बचाउन सकेनौं’, उनले भने।

किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पन्जाबसँग आबद्ध थिए।

पत्रकारसँग कुरा गर्दै पन्धेरले भने, ‘मृत्युको कारण हृदयाघात भएको हो, बाँकी पोष्टमार्टमपछि खुल्नेछ।’

उनले थपे, ‘यसको जिम्मेवार केन्द्र सरकार हो, यहाँ यति धेरै मानिस छन्, वृद्धवृद्धा छन्, उचित उपचार पाउन, उठ्न, सुत्न, नुहाउन र धुन समस्या भइरहेको छ। आन्दोलन लामो समयसम्म चल्छ, अझै धेरै जनासहिद हुनेछन् भन्ने लाग्छ, सरकारले हाम्रा माग स्वीकार गरेर समस्या समाधान गर्नुपर्छ।’

शम्भु सीमामा किसानको प्रदर्शनको आज चौथो दिन हो। हिजो राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबीच वार्ता भए पनि निष्कर्ष निस्किन सकेन।

हिजो रातिको वार्तापछि केन्द्रीय कृषिमन्त्री अर्जुन मुण्डाले भनेका छन्, ‘हामीले किसानका माग सुनेका छौं, अब आइतबार पुनस् वार्ता हुनेछ।’

शम्भु सीमामा किसान र सुरक्षाकर्मीबीच पटकपटक झडप भएका छन्। किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com