ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाईँदै


एबीसी न्यूज

काठमाडौं ४ फागुन ।     गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग  अलग शुभकामना सन्देश जारी गर्नुभएको छ ।
  प्रदेश प्रमुख  गुुरुङद्वारा आज जारी शुुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिनुुभएको छ । सन्देशमा उहाँले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताउनुुभयो । प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई  ध्यान आग्रह गर्नुभयो ।
सन्देशमा नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो जनाउँदै सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् भनिएको छ ।
सङ्घीयतासँगै प्रदेशको स्थापनापश्चात् धेरै उदाहरणीय कार्य भएता पनि त्यो पूूर्ण हुन नसकेको भन्दै उहाँले जनताको चाहना र लक्ष्यअनुसार प्रदेश सरकारमार्फत धेरै काम गर्न बाँकी रहेको बताउनुुभयो । प्रदेश स्थापना दिवसले सङ्घर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट विकास र समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।
प्रदेशबासीको जीवनस्तर सुधारमा सरकार प्रयत्नशीलः मुख्यमन्त्री
स्थापना दिवसकै अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुुभएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात् प्रथमपटक प्रदेश सरकारको गठन भएको सम्झनास्वरूप प्रत्येक वर्ष फागुन ४ गतेलाई प्रदेश सरकारको स्थापना दिवसका रूपमा मनाउँदै आइएको सन्देशमा भनिएको छ ।
संविधानले कार्यजिम्मेवारी र जनताको अपेक्षालाई पूरा गर्ने क्रममा प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्रका लाभांशहरुको समन्यायिक वितरण गरी सुशासनलाई स्थापित गर्न प्रयत्नशील रहेको उहाँले बताउनुुभयो ।
प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको उल्लेख गर्दै सन्देशमा गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशबासी’ सोच अगाडि बढाइएको भनिएको छ ।
“नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ”, मुख्यमन्त्रीले भन्नुुभएको छ । सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताका आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको उहाँले बताउनुुभयो ।
सरकारको सफलता र प्रभावकारिता बहुपात्रहरुको साझेदारीमा प्रमुखरुपले निर्भर रहने भएकाले छ वर्षसम्म सरकारले सञ्चालन गरेका कार्य र ती कार्यक्रमबाट प्राप्त गरेका उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति उहाँले आभार व्यक्त गर्नुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com