ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगनले कांग्रेसमा देखाए यस्ता प्रवृत्ति : आत्मनिन्दा र आत्मश्लाघा (प्रतिवेदन-पूर्णपाठ)


ABC News

काठमाडौँ ३ फागुन । नेपाली काङ्ग्रेसभित्र दुई किसिमका प्रवृत्ति देखा परेको महामन्त्री गगन थापाले औँल्याएका छन् । बिहीबार सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा सांगठानिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले कांग्रेसका विभिन्न तहका कार्यकर्ताको विचार विश्लेषण सुन्दा दुई किसिमको प्रवृत्ति देखिएको बताएका हुन् ।

‘हामीमा प्रमुख रूपमा दुई किसिमका प्रवृत्ति देखिन्छ । पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा’, महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा खुलाएका छन् । पहिलो प्रवृत्तिको व्याख्या गर्दै थापाले  भनेका छन्– ‘पाटीले जे गरिरहेको छ वा जे भइरहेको छ ठिक भइरहेको छैन भन्ने ठहर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्क्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ ।’

त्यस्तै आत्मश्लाघाको पनि उनले व्याख्या गरेका छन् । ‘भरखरै सम्पन्न निर्वाचनहरूमा विजय हासिल गरेर सबैभन्त्दा ठुलो पाटी भएका छौँ, हामी अभेद्य छौँ, हाम्रा चुनौती साना छन् भन्ने अतिरिक्त आत्मश्लघाले ग्रसित देखिन्छ । ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः  पार्टीमा सबै ठिकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ’, थापाले भनेका छन्, ‘हाम्रो पाटीभित्र यी दुवै अतिवादी प्रवृत्ति सङ्गठनका निम्ति अत्यन्तै घातक छन् ।’

त्यसैले उनले आत्मघाती प्रवृत्तिबाट पार्टी मुक्त हुन जरुरी रहेको बताएका छन् । ‘अब हामीले आत्मश्लाघा वा आत्मनिन्दा होइन, इमानदारितापूर्वक आत्मसमीक्षा,आत्मनिरीक्षण र आत्मसंकल्प गर्नुपर्छ’, थापाको जोड छ ।

 

पूर्णपाठ

–NC_GKT_सांगठनिक प्रस्ताव2080_Final (1)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com