ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधा दर्जन विकास बैंक र फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही


एबीसी न्यूज

काठमाडौं २ माघ । नेपाल राष्ट्र बैंकको नियम उलंघन गर्ने आधा दर्जन विकास बैंक र फाइनान्स कम्पनी कारबाहीमा परेका छन्। चालू आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तमा केन्द्रीय बैंकको नियम उल्लंघन मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, प्रोग्रेशिप फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट एण्ड फाइनान्सलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

साथै, राष्ट्र बैंकले दोस्रो त्रैमास अवधिमा विकास बैंक र वित्त कम्पनी अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई समेत सचेत गराएको छ।

कुन कम्पनीलाई कस्तो कारबाही
मुक्तिनाथ विकास बैंकले चालू आवको दोस्रो त्रैमासमा व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएको छ।

उक्त रकमपछि फिर्ता गरेको भनी जानकारी गराएको भएतापनि नीति विपरीत ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

सप्तकोशी डेभलपमेण्ट बैंकले संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात समेत निज स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा ९१० मा भएको व्यवस्थाविपरीत निजलाई दोस्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाइएकोले अब उप्रान्त त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम सचेत गराइएको छ।

साथै, सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोस्रो कार्यकालका लागि नियुक्त निज स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन नेपाल राष्ट्र बैंक, २०५८ को उपदफा ९२० को खण्ड ९ङ० बमोजिम आदेश दिइएको छ।

साथै केन्द्रीय बैंकले यस बैंकको समष्टिगत स्थलगत निरीक्षणको क्रममा यस बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले यस बैंकको निर्देशनविपरीत आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टम मै गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

नारायणी डेभलपमेन्टले संस्थाले २०८० साउन देखि असोजसम्मको अवधिमा पहिलो पटक पीओथ्री, दोश्रो पटक पीओफोर र तेस्रो पटक पीओफाइभमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इप्रा निर्देशन नं १३र०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ र इप्रा निर्देशन नं २१र८० को बुँदा नं ७ ९संशोधन समेत० मा भएको ब्यवस्था बमोजिम संस्थालाई १२ हजार ८४६ रुपैयाँ जरिवाना गरेको छ।

साथै, संस्थाको कर्जा–निक्षेप अनुपात सीडी रेसियो २०८० साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८० को निर्देशन नं ५ को बुँदा नं ६ को उपबुँदा नं ९६० मा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकोले संस्थालाई एकीकृत निर्देशन, २०८० को निर्देशन नं ५ को बुँदा नं ६ को उपबुँदा नं ९७० अनुसार २ लाख ४१ हजार ९२४ रुपैयाँ हर्जाना लगाइएको छ।

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स,यस बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं ८ को बुँदा नं ३ को उपबुँदा ९४० मा भएको व्यवस्थाविपरीत संस्थाले आर्थिक वर्ष २०७९र८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी यस बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाइ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्णपालना गर्न निर्देशन समेत दिइएको छ।

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिका प्रमुख कार्यकारी अधिकृत गुडविल फाइनान्स, यस बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन बिजनेस एशोसियट्स प्रा।लि। लाई कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ ९क० बमोजिम नसिहत दिइएको छ।

प्रोग्रेसिभ फाइनान्स, यस बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले महर्जन बिजनेस एशोसियट्स प्रालिलाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकियाअपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र पारिपासु सम्झौताअनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा ९२० को खण्ड ९क० बमोजिम नसिहत दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com