ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा ६ दलीय गठबन्धन, नवाज शरीफका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार


एबीसी न्यूज

काठमाडौं २ माघ ।  नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग(नवाज ९पीएमएल(एन०ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ ।

यसै क्रममा शरीफले आफ्नो भाइ शहबाजलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको पीएमएल(एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने छ । त्यसका लागि ६ दल सम्मिलित पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट पीडीएम नामको गठबन्धन बनाइएको छ ।

पीएमएल(एन नेतृत्वको गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी ९पीपीपी०, पाकिस्तान मुस्लिम लिग ९क्यू (पीएमएल(क्यू०, मुत्ताहिदा कौमी मुभमेन्ट ९एमक्यूएम०, इश्तेखाम(ए(पाकिस्तान पार्टी ९आईपीपी० र बुलचिस्तान अवामी ९बीएएम० पार्टी संलग्न छन् । ती पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन बनाइएको घोषणा गरेका थिए । उनीहरुले चुनावमा एकअर्काविरुद्ध लडे पनि अब मिलेर आर्थिक संकटलाई पार लगाउने बताएका थिए ।

पीएमएल(एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जाल एक्समा गठबन्धनमा सामेल सबै दलप्रति आभार व्यक्त गर्दै अब महँगी र आर्थिक संकटबाट राहत दिलाउने उल्लेख गरेका छन् ।

२४ करोड बढी जनसंख्या रहेको पाकिस्तानलाई आर्थिक संकट र महँगीबाट राहत दिलाउने प्रमुख चुनौती नयाँ सरकारसामु छ ।

पार्टीलाई सल्लाह दिनेछन् नवाज शरीफले

चुनाव अगाडिसम्म नवाज शरीफलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । बीबीसीका अनुसार शहबाज शरीफको चाहना पनि दाजु नवाज शरीफ चौथो पटक प्रधानमन्त्री होउन् भन्ने थियो । तर नवाज शरीफले आफू प्रधानमन्त्री नबन्ने भन्दै भाइलाई अघि सारे ।

नवाज शरीफ र उनकी छोरी मरियम
जिओ न्युजसँगको कुराकानीमा नवाज शरीफकी छोरी मरियमले नवाजले अब पार्टीलाई सुझाव दिँदै सहयोग गर्ने बताएकी छन् ।

शहबाज शरीफ नाताको हिसाबले नवाज शरीफका कान्छो भाइ हुन् । उनी २०७८ चैत अन्तिम साता पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका अध्यक्ष इमरान खानविरुद्धको प्रस्ताव संसदबाट पास भएपछि संसदले शरीफलाई नयाँ प्रधानमन्त्री चयन गरेको थियो ।

शहबाजले यसअघि पञ्जाब प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।

गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शहबाज शरीफ तथा उनका दुई छोराहरुविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी ९एफआईए० मुद्दा दायर गरेको थियो ।

शहबाज र उनका छोराहरुविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो । जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो । विशेष अदालतले उनीहरुलाई सफाइ दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com