ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी विधान अधिवेशन १३ सय सहभागीलाई १३ वटा समूहमा विभाजित गरियो


एबीसी न्यूज

काठमाडौं १ फागुन ।  सत्तारुढ नेकपा माओवादी केन्द्रले विधान मस्यौदामाथि छलफल थालेको छ। विधान मस्यौदामाथि छलफलका लागि माओवादीले अधिवेशनमा सहभागी करिब १३ सयजना नेता(कार्यकर्ताहरूलाई विभिन्न १३ वटन समूहमा विभाजन गरेको छ।

१३ समूहमा विभाजित नेता(कार्यकर्ताहरूको सुझाव संकलन गरेपछि माओवादीले आफ्नो विधान संशोधन गर्ने भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान परिमार्जनमाथि छलफल गर्न अधिवेशन भइरहेको छ।

तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट पनि सुझाव ल्याएको छ।

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताएका छन्।

माओवादीले विधान अधिवेशनमार्फत केन्द्रीय समितिसहित संगठनको आकार छरितो बनाउने भएको छ। मा‌ओवादीले केन्द्रीय समितिलाई १५० आसपास ल्याउने गरी छलफल अघि बढाएको छ।

अधिवेशनअघि दुई दिनसम्म चलेको माओवादी केन्द्रीय समिति बैठकमा नयाँ विधानको मस्यौदामाथि छलफल भएको थियो। अब यो विधान अधिवेशनमार्फत सांगठानिक संरचनामा हेरफेर गरिँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com