ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने – माओवादीले जनयुद्ध दिवस मनाउँछ


एबीसी न्यूज

काठमाडौं २९ माघ । प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते जनयुद्ध दिवस मनाउने बताएका छन्। सर्वोच्च अदालतले शान्ति सम्झौता र नेपालको संविधानले पनि जनयुद्ध दिवसलाई नस्वीकारेकाले फागुन १ गते दिइने सार्वजनिक बिदा खारेज गरिदिएको अवस्थामा उनले यस्तो भनेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधनका क्रममा पार्टीले जनयुद्ध दिवस मनाउँदा कसैले रोक्न नसक्ने बताए।

‘पार्टीले जनयुद्ध दिवस मनाउँछ’, उनले भने, ‘हामीलाई जनयुद्ध दिवस मनाउन कसैले रोक्न सक्दैन।’ दाहालले यसो भनिरहँदा माओवादीबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरूले आफ्नो पालिका क्षेत्रमा स्थानीय बिदा दिइरहेका छन्।

उनले सम्बोधनका क्रममा विचार, विधि, संगठन र संस्कृतिलाई मिलाएर माओवादीले लैजानु पर्ने पनि बताए।

दाहालले माओवादी नेतृत्वको समाजवादी मोर्चा जिल्लादेखि संयोजन समिति बनाएर लैजानुपर्ने बताए।

जटिलता, चुनौती र सम्भावना एकैसाथ रहेका बताउँदै दाहालले नयाँ बजेटमा नयाँ योजना ल्याउनुपर्ने चुनौती रहेको बताए। उनले पपुलर बजेटको पनि खोजी भइरहेको कार्यकर्तालाई सुनाए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com