ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनराज गुरुङ- सेटिङ र भ्रष्टाचार कसरी कल्ले कहाँ गर्छ म जान्दिँन


एबीसी न्यूज

काठमाडौं २९ माघ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सेटिङ र भ्रष्टाचार भन्ने विषय कहाँ कसरी हुन्छ र कसले गर्छ भन्ने विषय आफ्नो जानकारीमा नरहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभामा ‘सम्पत्ति शुद्धीकरण ९मनि लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकरमाथि सैद्धान्तिक छलफलमा सांसदहरुले सरकारले सेटिङ र भ्रष्टाचारबाट कमाएको सम्पतिलाई वैध बनाउने प्रावधानहरु प्रस्ताव गरेको भनी आलोचना गरेका थिए ।जवाफमा मन्त्री गुरुङले आफूले कहिल्यै सेटिङ नदेखेको बताए ।

उनले भने, ‘म कहिल्यै सेटिङ नदेखेको मान्छेले कहाँ सेटिङ गर्छ, कसरी सेटिङ गर्छ, कल्ले सेटिङ गर्न मलाई के था १ त्यसैले आफैँले थाहा नभएको कुरा मैले कसरी उत्तर दिनु रु’ एमाले सांसद रामचन्द्र राईले तीन प्रकारका सम्पतिको स्रोत नखुल्ने बताएका थिए ।

‘सम्पतिको स्रोत नीतिगत भ्रष्टाचार गर्दा खुल्दैन, बिचौलियाको कामबाट आएको खुल्दैन । सेटिङमा कमाएको स्रोत खुल्दैन । र यी भ्रष्टाचार ठहर गर्न पनि नसकिने हुन सक्छन् । यस्तोमा छुट पाउने विषय गम्भीर छ’ उनले भनेका थिए । नीतिगत भ्रष्टाचारबाट कमाएको सम्पति वैध बनाउने प्रपन्च रचेर विधेयक आएको पनि उनले बताए ।

एमाले सांसद राइलाई जवाफ दिँदै कानुनमन्त्री गुरुङले भने, ‘त्यो मलाई थाहा छैन । कुन(कुन कसरी कल्ले कहाँबाट सेटिङ गर्छ रु’ आफ्नो मनमा यस्ता विषय कहिल्यै नआएको पनि उनको जवाफ छ ।

‘यस्ता विषय मेरो मानसपटलमा आउनै सक्दैन । कहाँ कस्तो कुनामा सेटिङ हुँदो रहेछ, कल्ले सेटिङ गर्दो रहेछ, कसरी सेटिङ गर्दो रहेछ, भ्रष्टाचार कसरी गर्दो रहेछ भन्ने कुरा ततसम्बन्धितले जानोस्, भगवानले नै जानोस् । म जान्दिँन ।’

उनले सबै सदाचारमा हिँडे भ्रष्टाचारको विषय नै नउठ्ने पनि बताए । ‘हामी सबै सदाचारको बाटोमा हिड्यौं भने, बेभिचारलाई त्याग्न सक्यौं भने यो कसैले कसैमाथि प्रश्न गरिरहनु आवश्यक छैन । आरोप प्रत्यारोप गरिरहनु आवश्यक हुँदैन ।’

प्रस्तावित विधेयकमा स्रोत नखुलेको र कसूर गरेको समेत पुष्टि नभएको अवस्थामा राज्यलाई कर तिरेर वैध बनाउन सकिने प्रावधान छ । यो अन्तराष्ट्रिय मापदण्ड अनुसार नै आएको मन्त्री गुरुङको जवाफ छ ।

उदाहरण दिँदै मन्त्री गुरुङले प्रतिपश्न गरे, ‘कुनै किसानले आफ्नो काम गर्नुहुन्छ । सुन्तला बेच्नुहुन्छ । कुनै ठेकेदारले सुन्तला किन्दा रिसिभ दिँदैन । कसैले एक लाखमा गाई बेच्यो भने त्यो कुनै रिसिभमा हुँदैन । यस्तोमा त्यसलाई वैध मान्ने कि अवैध रु’

सोमबार राष्ट्रिय सभाले यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com