ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा दलका नेतालाई सुविधा दिने अध्यादेशमा प्रतिपक्षी दलको विरोध


एबीसी न्यूज

काठमाडौं २९ माघ । कोशी प्रदेशका सत्तारुढ गठबन्धन दलका नेतालाई सुविधा दिनेगरी सरकारले ल्याएको अध्यादेशप्रति नेकपा एमालेले किस्ताबन्दीमा विरोध जनाएको छ । संसदीय दल, पूर्व मन्त्री र पार्टीले पालैपालो अध्यादेशप्रति विरोध जनाएका हुन् ।

पछिल्लो समय नेकपा एमाले कोशी प्रदेश कमिटीले अध्यादेशको विरोध जनाएको छ । प्रदेशसभाका पदाधिकारीलाई थप सेवा सुविधा दिने गरी ल्याएको अध्यादेश तत्काल फिर्ता लिन प्रदेश कमिटीले आग्रह गरेको छ ।

सत्तारुढ गठबन्धन दलका नेताहरूलाई गाडी सुविधा दिन मिल्ने गरी प्रदेशसभाका पदाधिकारी थप गर्दै मुख्यमन्त्री कार्कीले ६ माघमा अध्यादेश जारी गरेका थिए ।

१५ माघमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पत्रकार सम्मेलन गरी अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए ।

१८ माघमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले लिखित सुझाव दिँदै मुख्यमन्त्री कार्कीलाई अध्यादेश फिर्ता लिन आग्रह गरे ।

२१ माघमा पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमाले नेता जीवन घिमिरेले संसदमा पदाधिकारी थप गर्ने र जिसस प्रमुखको अधिकार कटौती गर्ने विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिन आग्रह गरे ।

आइतबार प्रेस चौतारीसँगको कार्यक्रममा अध्यक्ष घनश्याम खतिवडाले प्रदेश सभालाई बेवास्ता गर्दै अध्यादेश ल्याएको भन्दै निन्दा गरे । जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिका अध्यक्ष हुने व्यवस्थालाई हटाउँदै विकास समितिमा कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोज्नु गतल भएको खतिवडाले बताए ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्तापक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई सेवा सुविधा दिने विषय उल्लेख थियो । मुख्यमन्त्री कार्कीले त्यसमा संशोधन गर्न ६ माघमा अध्यादेश जारी गरेका थिए ।

अध्यादेशले संशोधन गरेको दफा २ को ‘ख’ मा भनिएको छ ‘पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रदेश सभाको बहालवाला सदस्य रहेको पूर्व मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सरकारमा सहभागि रहेका दलहरुका संसदीय दलको नेता, सत्ता पक्षको समेतक र प्रदेशसभा समितिका सभापतिलाई समेत सम्झनुपर्छ ।’

अध्यादेश जारी भएपछि पूर्व मुख्यमन्त्री उद्धव थापा र राजेन्द्र राईले गाडी सुविधा पाउनेछन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा नेता भक्ती सिटौला र जसपा नेता निर्मला लिम्बूले पनि गाडी सुविधा पाउनेछन् । त्यसप्रति एमालेले विरोध जनाउँदै आएको छ ।

तर मुख्यमन्त्री कार्की अध्यादेश फिर्ता नलिने अडानमा छन् । सरकारले मन्त्रिपरिषदको निर्णयका आधारमा दिने सुविधालाई व्यवस्थित गर्न अध्यादेश ल्याएको उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com