ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमरानको पार्टी आन्दोलनमा- पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य


एबीसी न्यूज
माघ २८, २०८० आईतबार  ३ : १७ बजे

काठमाडौं २८ माघ । पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ ।

यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक(ए(इन्साफ ९पीटीआई०ले भने सबैभन्दा धेरै सिट जितेको छ ।

पाकिस्तानका मिडियाहरुका अनुसार पीटीआईले ९२ सिट जितेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नवाज शरीफको पार्टी ९पाकिस्तान मुस्लिम लिग(नवाज ९पीएमएल(एन०ले ७३ र बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी०ले ५४ सिट जितेको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीमा कूल ३३६ सिट छन् । २६५ सिटका लागि बिहीबार निर्वाचन भएको थियो । ७० सिट आरक्षण तोकिएको छ । एक सिटको चुनाव स्थगित गरिएको थियो । स्थगित भएको स्थानमा आगामी १५ फेब्रुअरीमा मतदान हुनेछ ।

सरकार बनाउन १३४ सिट जित्नुपर्नेमा कसैले पनि एकल बहुमत पुर्‍याउन नसकेपछि मिलिजुली सरकार बनाउने तयारी सुरु भइसकेको छ । यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफले गठबन्धन सरकार बनाउन आह्वान गरिसकेका छन् ।

शरीफको पार्टी पीएमएल(एन र भुट्टोको पार्टी पीपीपीका नेताहरुबीच शनिबार इस्लामावादमा बैठक समेत भएको थियो । नवाज शरीफका भाइ एवम् पूर्वप्रधानमन्त्री शहबाज शरीफले बिलावल भुट्टो र उनका बुवासँग छलफल गरेका थिए ।

यसअघि पीपीपी नेता एवम् पूर्वविदेशमन्त्री बिलावल भुट्टोले जिओ न्यूजसँग कुरा गर्दै आफूहरुको साथविना पाकिस्तानमा सरकार बन्न सम्भव नभएको बताएका थिए ।

शरीफले शरीफले मुत्ताहिदा कौमी मुभमेन्ट एमक्यूएम० लगायत साना दललाई समेटेर सरकार गठनको प्रयास जारी राखेका छन् । यीमध्ये एमक्यूएमले १७ सिट जितेको छ । सो पार्टीका नेताहरु शरीफलाई भेट्न इस्लामावाद गएको पाकिस्तानका मिडियाहरुले उल्लेख गरेका छन् । यसबाहेक आईपीपी, जेयूआई र केही स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाउने गृहकार्य पनि शरीफले गरेका छन् । शनिबारसम्म तीन जना स्वतन्त्र सांसदले शरीफको पार्टीमा सामेल भएको घोषणा गरिसकेका छन् ।

इमरान खानको पार्टी आन्दोलनमा

धेरैको अनुमान पाकिस्तानको आम निर्वाचनमा इमरान खानको पार्टी हार्छ र नवाज शरीफको पार्टीले बहुमत ल्याउँछ भन्ने थियो । किनभने इमरान खान सहितका वरिष्ठ नेताहरुलाई सैनिक समर्थित सरकारले भ्रष्टाचार आरोपमा १४ वर्षका लागि जेलमा राखेको छ । उनको पार्टी पीटीआईलाई चुनाव लड्नसमेत प्रतिबन्ध लगाइएको छ । तर स्वतन्त्र उम्मेदवारी दिएका इमरान खानका नेता कार्यकर्ताहरुले नै सबैभन्दा धेरै सिट जितेर निर्वाचन सर्वेक्षण फेल बनाइदिएका छन् ।

दोस्रो स्थानमा रहेको नवाज शरीफको पार्टी पीएमएल(एनले मिलिजुली सरकार बनाउने तयारी जारी राखेको बेला इमरान खान नेतृत्वको पीटीआई भने आन्दोलनमा होमिएको छ । आफूहरुले बहुमत सिट जिते पनि मतगणनामा धाँधली गरेर हराइएको भन्दै पीटीआई आन्दोलनमा होमिएको हो ।

पीटीआई कार्यकर्ताहरुले लाहोर, फैसलाबाद, रावलपिण्डी, मुल्तान, बहाववलपुर, डेरा गाजी खान र गुजरावालामा विरोध प्रदर्शन सुरु गरिसकेका छन् । उनीहरुले आइतबार दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

पीटीआईले जनादेश लुट्नेहरुविरुद्ध पूरै दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शन गर्ने एक्समा लेखेको छ ।

मतदान सम्पन्न भएको चार दिन भइसक्दा पनि सबै क्षेत्रको मत परिणाम आइसकेको छैन । २६५ सिटमध्ये २५७ सिटको मात्र नतिजा सार्वजनिक भएको छ । अब परिणाम आउन बाँकी बलुचिस्तान क्षेत्रका सिटको हो ।

धाँधली गर्दै मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै इमरान खान नेतृत्वको पीटीआईका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु समेत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com