काठमाडौँ, २८ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा केही बेरअघि सुरु भएको हो।
बैठकमा ४ सय ९ केन्द्रीय सदस्यसहित ८ सय जनाभन्दा बढीको उपस्थिति रहने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समिति बैठक आज ९आइतबार० र भोलि ९सोमबार० दुई दिनसम्म बस्ने नेता प्रल्हाद बुढाथोकीले जानकारी दिए। माओवादीको हाल केन्द्रीय समितिमा ४ सय ९ जना सदस्य छन् भने वैकल्पिक सदस्यको संख्या १ सय ९० छ।

बैठकमा प्रदेशका पदाधिकारीलाई समेत सहभागी गराउने निर्णय भएको छ। सबै प्रदेशका कूल पदाधिकारी ९४ छन्। माओवादी केन्द्रले १० प्रदेशको अभ्यास गरिरहेको छ।
यसैगरी माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोग छन्।
यी आयोगमा ७५ सदस्य छन्।
सबैलाई समेट्दा झण्डै ८ सय जना बैठकमा सहभागी हुने अनुमान छ। बैठकमा विधान सम्मेलनका लागि विधानबारे केन्द्रीय सदस्यहरुले सुझाव राख्न पाउने छन्।
यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँकै प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष चुनिएपछि पार्टीको पाँचौँ केन्द्रीय समिति बैठक राखिएको हो।









प्रतिक्रिया दिनुहोस्