ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

याैन शाेषण मुद्दामा दाेषी ठहर भएका व्यक्तिकाे सजाय माफ गरेकाेमा खेद व्यक्त गर्दै हङ्गेरीकी राष्ट्रपतिद्वारा राजीनामा


एबीसी न्यूज
माघ २८, २०८० आईतबार  १२ : ४५ बजे

काठमाडौ २८ माघ । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिएका छन । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले राजीनामा दिएको बीबीसीले जनाएको छ ।एक सरकारी बालगृहका निर्देशकमाथि लागेको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने व्यक्तिको सजाय राष्ट्रपतिले माफ गरेको कुरा गएको हप्ता सार्वजनिक भएको थियो

। राष्ट्रपतिको यो निर्णयलाई लिएर हङ्गेरीमा प्रदर्शन भइरहेको थियो र राष्ट्रपतिको राजीनामाको माग भइरहेको थियो ।राष्ट्रपति नोभाकले टीभीमा लाइभ आएर आफ्नो निर्णयप्रति खेद प्रकट गर्नुभयो र सजाय माफ दिएर आफूले गल्ती गरेको बताए।

सजाय माफको निर्णयलाई अनुमति दिने तत्कालीन कानुनमन्त्री जुडित वारगाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावका लागि अभियानबाट हट्ने घोषणा गरेका छन ।गएको वर्ष इसाई धर्मगुरु पोप फ्रान्सिस हङ्गेरी आउँदा राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेका थिए । त्यो सूचीमा परेका बालगृहका निर्देशकलाई यौन शोषण मुद्दामा आठ वर्षको सजाय सुनाइएको थियो । यस्तै बालगृहका उपनिर्देशकलाई तीन वर्षको सजाय सुनाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com