ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा २६६ मध्ये १५ क्षेत्रको मतपरिणाम आउन बाँकी रहँदा ९९ सिटमा इमरान खानको समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित


एबीसी न्यूज

इस्लामावाद, २७ माघ ।  पाकिस्तानमा राष्ट्रिय सभाको २६६ मध्ये १५ क्षेत्रको मतपरिणाम आउन बाँकी रहँदा ९९ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेअनुसार शनिबार बिहानसम्म २५० सिटको नतिजा आउँदा सत्तारूढ पाकिस्तान मुस्लिम लिग नेश्नलिस्ट (पिएमएल-एन) दोस्रो बनेको छ। उसले ७१ सिट जितेको छ।

त्यस्ते बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टरियन्स (पिपिपी)ले ५३ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले १७ सिट जितेको छ।

स्वतन्त्र जितेका उम्मेदवारहरू पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित हुन्।

पिटिआईका अध्यक्ष समेत रहेका इमरान खान हाल रावलपिण्डीस्थित अडियाला जेलमा छन्। चुनाव सुरू हुनु केही समयअघि विभिन्न अदालतले उनलाई पटकपटक जेल सजाय सुनाएको थियो।

उनले गैरइस्लामिक विवाह गरेको भन्दै गत शनिबार एक अदालतले उनलाई सात वर्ष जेल सजाय सुनाएको थियो। त्यसअघि उनलाई नेसनल अकाउन्टाबिलिटी ब्युरो ९एनएबी० ले राज्यको उपहार बेचेको आरोपमा १४ वर्ष जेल सजाय सुनाएको थियो। यी दुई मुद्दामा उनकी श्रीमती बुशरा बिबीसहितलाई जेल सजाय सुनाएको हो।

त्यसअघि साइफर मुद्दा अर्थात सरकारी गोप्य सूचना चुहाएको भन्दै १० वर्ष जेल समेत सुनाएको थियो।पाकिस्तानको निर्वाचन आयोगले पिटिआइ पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

स्वतन्त्र उम्मेदवारी दिएका पिटिआई समर्थित उम्मेदवारहरूलाई अपमानजनक चुनाव चिह्न प्रदान गरिएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

नवाज शरिफको पार्टी पिएमएललाई यसपालि पाकिस्तानी सेनाको समेत समर्थन रहेको भनिएको थियो।त्यसका बाबजुद पनि स्वतन्त्र उम्मेदवारहरूले सत्तारूढ दललाई पछि पारेका हुन्।

यद्यपि, सरकार बनाउन आवश्यक बहुमत भने कुनैपनि दलहरूले प्राप्त नगर्ने निश्चित भएको छ। अब १५ स्थानको परिणाम आउन बाँकी छ। बहुमत प्राप्त गर्न १६९ सिट जित्नुपर्छ।

पाकिस्तानमा राष्ट्रिय सभाका ३३६ सिटमध्ये २६६ सिटमा मतदान भएको हो बाँकी सिट आरक्षित हुन्।४ प्रान्तको परिणाम पनि अन्तिमअन्तिम चरणमा पुगेको छ।

पञ्जाबमा २९६ प्रान्तीय सिटमध्ये १३१ सिट जितेर पिएमएल(एन ठूलो दल बनेको छ। त्यहाँ १२६ सिटमा पिटिआई समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् भने १० सिट मात्रै पिपिपीले जितेको छ।

सिन्धमा १३० वटै क्षेत्रको परिणाम आइसकेको छ। त्यहाँ पिपिपी ८४ सिटसहित पहिलो दल बनेको छ। मुत्ताहिडा क्वमी मुभमेन्टले सिन्धमा २८ सिट जितेको छ। पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले १४ सिट जितेका छन्।

खिबरमा ११३ मध्ये ९० सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। त्यहाँ पिएमएल(एनले ५ र पिपिपीले ४ सिटमात्रै जितेको छ। २ वटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ।

बलुचिस्तानको ५१ मध्य ४४ क्षेत्रको परिणाम आइसकेको छ।त्यहाँ पिपिपीले ११ र पिएमएल(एनले ९ सिट जित्दा ५ सिटमा पिटिआई समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com