ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल व्यापार सर्वेक्षण करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा


एबीसी न्यूज

काठमाडौं, २६ माघ ।     मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ ले यस्तो तथ्याङ्क देखाएको हो । सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ ।
त्यस्तै कोशी प्रदेशका ३८ दशमलव पाँच, कर्णालीका ३३ दशमलव आठ, सुदूरपश्चिमका २८ दशमलव आठ, लुम्बिनीका २६ दशमलव नौ, गण्डकीका २५ दशमलव एक र बागमतीका २४ दशमलव सात प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन् ।
थोक व्यापार गर्ने छ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ ।
सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार छ सय ४५ जना मानिस संलग्न छन् । सोमध्ये महिला चार लाख तीन हजार नौ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार छ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन् । दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव दुई प्रतिशतमा पुरुष र २५ दशमलव आठ प्रतिशत महिलाको नाममा दर्ता छन् ।
व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२ दशमलव नौ प्रतिशत रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशका १६ दशमलव चार, कोशीका १६ दशमलव आठ, मधेसका १४ दशमलव तीन, गण्डकीका नौ दशमलव पाँच, सुदूरपश्चिमका पाँच दशमलव नौ र कर्णालीका चार दशमलव दुई प्रतिशत रहेका छन् । व्यापारमा जोडिएका कूल व्यक्तिको सङ्ख्यामध्ये खुद्रा व्यापारमा मात्र ८८ दशमलव ६५ प्रतिशत व्यक्ति आबद्ध रहेको सर्वेक्षणबाट देखिएको छ ।
व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ । सर्वेक्षणले यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब त्याला र अन्य सुविधा नलिइ परिवारका सदस्य नै काममा सन्तान रहेका व्यक्तिको सङ्ख्या बढी रहेको देखिएको छ । यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारको सङ्ख्या दुई लाख १९ हजार पाँच सय ५१ छ । जसमा महिला ४५ हजार नौ जना अर्थात् २० दशमलव ५० प्रतिशत र पुरुष एक लाख ७४ हजार पाँच सय ४२ जना आर्थत् ६० दशमलव ६० प्रतिशत छन् ।
तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक रु छ लाख चार हजार नौ सय १२ खर्च हुने गरेको देखिएको छ । त्यस्तै प्रतिकामदार औसत वार्षिक रु दुई लाख आठ हजार चार सय ९४ खर्च देखिन्छ ।
होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन तथा मर्मतसम्भार व्यापार गरी तीन वटा क्षेत्रमा विभाजन गरी अध्ययन गरिएको छ । जसमा सबैभन्दा धेरै मुनाफा ९मार्जिन० सवारीसाधन तथा मर्मतसम्भारमा देखिएको छ । यस क्षेत्रमा २४ दशमलव ०२ प्रतिशत मार्जिन देखिएको छ । त्यस्तै, होलसेल व्यापारमा १३ दशमलव ०१ र खुद्रा व्यापारमा १८ दशमलव २८ प्रतिशत मार्जिन रहने गरेको देखिएको छ । समग्रमा व्यापारमा १८ दशमलव ५३ प्रतिशत मार्जिन रहेको सर्वेक्षणले देखाएको छ ।
व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च जम्मा रु एक एक खर्ब ३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च रु दुई लाख ६४ हजार देखिएको छ । यस सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुहरुको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर ९ट्रेड मार्जिन० अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलबरज्याला, पुँजी निर्माण आदि तथ्याङ्क आकलन गर्नु रहेको कार्यालयले जनाएको छ ।
यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रियस्तरको सर्वेक्षण हो । सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिकरुपमा सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको अध्ययन गरिएको छ । कूल १५ हजार दुई ९९ व्यापारिक प्रतिष्ठानबाट लिइएको तथ्याङ्क र सर्वेक्षणका आधारमा यो अध्ययनको नतिजा निकालिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com