ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा ५० लाख रकम लागतमा सम्पन्न विद्यालय भवन उदघाटन


एबीसी न्यूज

रुकुम, २५ माघ । रुकुम पश्मिको चौरजहारी नगरपालिकमा एक औपचारिक कार्यक्रमका विच विद्यालयको नवनिर्मित भवन उदघाटन गरीएको छ । चौरजहारी नगरपालिकाको वडा नम्व्र १३ मा रहेको सरस्वती माध्यमिक विद्यालय घरेलीचौरको चार कोठे भवन उदघाटन गरिएको हो ।

आर्थिक वर्ष २०७९।०८० मा ५० लाखको लागतमा भवन निर्माण भएको थियो । सुविधा सम्पन्न कक्षाकोठाको अभाव रहेको विद्यालयमा भवन निर्माण पश्चात् शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुने चौरजहारी नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।

भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि पुष्प वादीज्यूले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै जिम्मेवार बन्न आग्रह गरे ।
भौतिक पूर्वाधार निर्माण एउटा पाटो हो उनले भने, त्यसको सँगसँगै प्रतिफल दक्ष र सक्षम जनशक्तिमा परिणत हुनुपर्छ । शैक्षिक विकास र उन्ननयका लागि राज्यका सबै संयन्त्रहरू परिचालन हुनुपर्नेमा उनले जोड दिए ।

शैक्षिक गुणस्तर खस्किएकोप्रति अरूलाई दोष लगाएर चोखो कोही हुन सक्दैन त्यसका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सरकारसहित सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उदघाटन कार्यक्रममा चौरजहारी नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा (बि.एम्.) १३ नम्बर वडा अध्यक्ष श्रीकृष्ण शर्माको पनि उपस्थिति रहेको थियो । राजनीतिक दलका स्थानीय प्रमुख एवम् प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, विद्यार्थी र अभिभावहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com