ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘‘ज्योतिषशास्त्र विज्ञान पनि हो ’


एबीसी न्यूज

काठमाडौ २४ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उनी सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाएका छन । भारतको हरिद्वारबाट पूर्वमध्यमासम्मको अध्ययनपछि आफुले बुबासँग बसेर ज्योतिष विद्या सिकेको उनले बताए। “हरिद्वारमा संस्कृति पढे । त्यसपछि विद्यालय गइएन ।

घरमै बुबासँग बसेर ज्योतिष विद्या सिके”, जोशीले भने, “बुबा बितेपछि २५ वर्षअघिदेखि ज्योतिषी कर्ममा लागेको छु ।” उनको घरमा व्रतबन्ध, विवाह, गृहप्रवेश, गृहनिर्माण शुभारम्भ आदिको शुभमुहूर्त हेर्न आउनेको भीडभाड नै लाग्ने गरेको छ । सीमावर्ती भारतीय क्षेत्र बनबासा, टनकपुर, खटिमा र रुद्रपुरलगायत ठाउँबाट पनि मानिसहरु आउने गरेका छन् । “हाम्रो पुर्खाले पाँच सय वर्षअघिदेखि ज्योतिषी कर्म थाले ।

यो पेसा अहिलेसम्म पनि निरन्तर छ”, उनले भने, “मसम्म आइपुग्दा ज्योतिषी कर्म थालेको ३८औँ पुस्ता हो । यति लामो इतिहास जोगाउनु उपलब्धि र चुनौती दुवै हो ।” उनले अँठोला पञ्चाङ्ग समेत प्रकाशित गर्दै आएका छन । “चार÷पाँच वर्ष बुबाले हातले लेखेरै पञ्चाङ्ग बनाएर बाँडै । पछि सुदूरपश्चिमबाट पहिलो पटक पञ्चाङ्ग दर्ता गराएर अनुमति लियौँ”, उहाँले भन्नुभयो, “त्यसपछि निरन्तर पञ्चाङ्ग प्रकाशित गर्दै आएका छौँ ।”यसलाई निरन्तरता दिन र परिवारको ज्योतिषी विरासतलाई जोगाइराख्न मुरलीधर अहिले आफ्ना छोरा, नातिनातिनालाई पनि ज्योतिषी कर्म सिकाउछन । “ज्योतिषशास्त्र विज्ञान हो । यो भएन भने संसार नै चल्दैन”, उनले भने, “आस्था र विश्वासले यसलाई चलाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com