ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिराहाबाट हार्डवेयरलाई १७ लाख ठगेको आरोपमा प्रधानाध्यापक पक्राउ


एबीसी न्यूज

काठमाडैं, २३ माघ । निर्माण सामग्री खरिद गर्दा ठगी गरेको आरोपमा सिराहाबाट सरकारी विद्यालयका एकजना प्रधानाध्यापक पक्राउ परेका छन्।  सिराहा सदरमुकाममा रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ५८ वर्षीय मधुसुदन कर्णलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। कर्णको घर सिराहा नगरपालिका( ७ मा पर्छ।

‘विद्यालय भवन निर्माण गर्दा खरिद गरेको निर्माण सामग्रीको भुक्तानी नदिएको उजुरी परेपछि अनुसन्धानका लागि प्रधानाध्यापकलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रावीन्द्रराज पाण्डेले नेपालखबरसँग भने, ‘कर्णलाई सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।’

कर्णविरुद्ध सिराहा( ८ का रोशनकुमार यादवले १७ लाख चार हजार रुपैयाँ भन्दा धेरै ठगी गरेको उजुरी दिएका प्रहरीले जनाएको छ। यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एण्ड जनरल सप्लायर्सबाट कर्णले विद्यालयमा निर्माण कार्यका लागि भन्दै सिमेन्ट, रडसहितका सामग्री लगेका थिए।

तर, लामो समयसम्म पनि त्यसको भुक्तानी नदिएको भन्दै यादवले प्रहरीमा उजुरी दिएका थिए। सिराहा नगरपालिकाका मेयर डाक्टर नविन यादव विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको बेला नै आफूले विद्यालयलाई निर्माण सामग्री उदारोमा दिएको भए पनि अझै भुक्तानी नपाएको गुनासो यादवले गरेका छन्।

प्रधानाध्यापक कर्णले विद्यालयबाट भुक्तानी लिएको तर, पसलको उदारो भने नदिरेको आरोप लाग्दै आएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको डीएसपी पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com