ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी प्रतिबन्धका बाबजुद ५ नानोमिटरको चिप उत्पादन गर्दै चीन


एबीसी न्यूज
माघ २३, २०८० मंगलबार  १ : ५८ बजे

काठमाडैं, २३ माघ । चिनियाँ कम्पनीहरुले यसै वर्षभित्र नयाँ जेनेरेसनको स्मार्टफोन प्रोसेसर बनाउने तयारी थालेका छन्। अमेरिकाले अत्याधुनिक प्रविधिमा चीनको पहुँच रोक्ने प्रयास गरिरहे पनि चीनले सो सफलता हात पार्ने देखिएको हो।

चीनको सबैभन्दा ठूलो चिप निर्माता एसएमआईसीले सांघाइमा नयाँ सेमिकन्डक्टर कारखाना खोलेको छ। जसले ह्वावेले डिजाइन गरेको चिप उत्पादन गर्ने बताइएको छ।

बेइजिङ चिप निर्माणमा आत्मनिर्भर हुने कोसिस गरिरहेको छ। अमेरिकाले गत अक्टोबरदेखि नै चिप बनाउन अत्यावश्यक प्रविधि चीनमा निर्यात गर्न प्रतिबन्ध लगाएको छ।

अमेरिकाले चीनलाई नयाँ उपकरण हात पार्न नदिन जापान र नेदरल्यान्ड्ससँग समेत सहकार्य गरिरहेको छ।

एसएमआईसीले यसअघि नै किनिसिकेको अमेरिकी र डच उपकरणको सहायताले ५ नानोमिटरको चिप बनाउने तयारी गरेको छ। यसलाई ह्वावेको नयाँ प्रिमियम स्मार्टफोनहरुमा प्रयोग गरिनेछ।

अहिले सबैभन्दा आधुनिक चिप ३ नानोमिटरको हो। ५ नानोमिटर यो भन्दा एक जेनरेसन पछाडि छ। तथापि, ५ नानोमिटर चिपको निर्माणले पनि अमेरिकी प्रतिबन्धका बाबजुद चीनले ठूलो प्रगति गरिरहेको पुष्टि हुनेछ।

गत अगस्टमा ७ नानोमिटर चिप प्रयोग गरिएको मेट ६० प्रो स्मार्टफोन बजारमा ल्याएर ह्वावेले यो उद्योग र यसका विश्लेषकहरुलाई चकित तुल्याएको थियो। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com