ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु


एबीसी न्यूज

काठमाडौं, २२ माघ ।    उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले सो सम्झोता पत्र खारेजको काम अगाडि बढाएको हो । “सम्झौता गरेर जमिन ओगेट्ने काम मात्र भयो, उद्योग सञ्चालन भएन । फलस्परुप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ”, कार्यालयका प्रमुख भोजराज विडारीले भन्नुभयो । उहाँका अनुसार केही उद्योगका सम्झौता खारेज गर्दा जिल्ला अदालत मकवानपुरमा मुद्दासमेत दायर गरिएका छन् ।
हेटौँडा वडा नं ८ मा रहेको उक्त औद्योगिक क्षेत्रमा एक सय ४७ मध्ये एक सय १५ वटा उत्पादनमूलक उद्योग सञ्चालन छन् । बन्द भइसकेकामा नौ, निर्माणाधी २३ उद्योग रहेका कार्यालयबाट प्राप्त तथ्याङ्कमा जनाइएको छ । ती उद्योगमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।
औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त क्षेत्रमा यसअघि तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन हुने गरेका छन् । कतिपय उद्योग कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थामा रहेका प्रमुख  विडारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय यहाँ सञ्चालित अधिकांश उद्योगको उत्पादन र बिक्ती घट्दै गएको छ ।
उद्योगको अवस्था तीन वर्षयतादेखि दिनप्रतिदिन खस्किँदै गएको, लगानी अनुसार प्रतिफल प्राप्त नहुँदा नोक्सानी बढ्दै गएको विडारीको भनाइ थियो । कोरोना महामारीका साथै अन्य विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दिले उद्योग र व्यवसायको अवस्थामाथि उठ्न नसकेको उहाँले बताउनुभयो ।
यसैबीच, उद्योगको आर्थिक अवस्था कमजोर हुँदै गएकाले भाडा दिनमासमेत समस्या भइरहेको उद्योगीको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, बिक्री नहुनु, बजार व्यवस्थापनमा समस्या, आर्थिक मन्दिलगायत कारणले कमजोर बन्दै गएका उद्योग वाणिज्य सङ्घ हेटौँडाका पदाधिकारीको भनाइ छ ।
“अहिले बजारको अवस्था कमजोर बन्दै गएको छ । पसल र सटर खाली हुँदै गएका छन् । उद्योगबाट उत्पादित सामान बिक्री हुँदैनन् । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको छ । थप लगानीका लागि बैंकले ऋण दिदैँनन्”, हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भन्नुभयो ।
यस क्षेत्रमा निर्माणसम्बन्धी सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्रीसम्बन्धी २८, विद्युतीय सामग्रीसम्बन्धी तीन, खाद्यन्न तथा पेय पदार्थका ११, फर्निचरका छ, इञ्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकलतर्फ  ११, पोल्ट्री तथा  दाना  उद्योगतर्फ दुई, टेक्सटायल उद्योतर्फ एक, खानीजन्यतर्फ तीन र अन्यमा १० वटा उद्योग सञ्चालित छन् ।
उक्त औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थातर्फ ११ कार्यालय रहेका छन् । यस औद्योगिक क्षेत्रको विसं २०२० मङ्सिर २० गते स्थापना भएको थियो । औद्योगिक क्षेत्रको तीन हजार दुई सय २८ रोपनी जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com