ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कर्णालीमा विवाद ओलीसँग तीन दिनसम्म छलफल


एबीसी न्यूज

काठमाडौं, २२ माघ । नेकपा एमाले कर्णालीमा देखिएको विवादको विषयमा अध्यक्ष केपी शर्मा ओलीले विशेष चासो दिँदै लगातार तीन दिनसम्म छलफल गरेका छन् । छलफलका लागि ओलीले केन्द्रीय पार्टी कार्यालयमा कर्णालीका नेताहरूलाई बोलाएका थिए । बिहीबारदेखि शनिवारसम्म पटक पटक भएको छलफलमा प्रदेश इन्चार्ज एवम् पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरख बोगटी, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र प्रदेश अध्यक्षको उपस्थिति थियो ।

ओलीले विशेषगरि यसअघिका निर्वाचनको परिणाम, प्रदेको प्रथम अधिवेशनदेखि देखिएको विवादका विषयमा रहेर व्यापक छलफल गरेका थिए । प्रदेशमा देखिएको समस्याको विषयमा नेताहरूले ओली समक्ष सुरुमा कुरा राखेका थिए । प्रदेश अध्यक्ष गुलाबजंग शाहले यसअघिको विवाद समाधान भएको र पार्टी एक ढिक्का भई अघि बढ्ने निष्कर्ष निकालिएको रातोपाटीलाई बताए ।

ओलीले गत असोज १०–१५ गतेसम्म भएको प्रदेश अधिवेशनदेखिनै कर्णालीमा समस्या देखिन थालेको कुरा सुरुमै राखेका थिए । साथै ओलीले अधिवेशन पहिला पोलिटब्युरो तहका नेताहरू आफुकहाँ आएको र केही निर्देशन दिएको पनि बताएका थिए । पोलिटब्युरो तहबाट आफूहरूले प्रदेशको नेतृत्वका लागि लड्छौँ भन्ने कुरा ओली समक्ष राखेका थिए । बैठकमा सहभागी एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘मैले हैन दुई तह तल किन जानुहुन्छ, यो हुँदैन भनेर पठाएको थिएँ । तर, ठिक त्यसको विरुद्धमा केपी ओलीलाई देखाइदिने हो भनेर लाग्नुभयो, तपाईँहरू त कोहो केपी ओली रु भनेर मेरो भनाइ विपरीत लाग्नुभयो ।’

यद्यपि यामलाल कँडेल निकट नेताहरूका अनुसार ओलीले यस्ता कुरा भएको स्वीकार गरेनन् । अधिवेशनमा यामलालले पोलिटब्युरो सदस्य गुलाबजंगलाई अध्यक्षमा अघि सारे भने बाँकी तीन जना पोलिटब्युरो नेताहरू पनि कँडेल पक्षधर नै हुन् । कर्णालीमा स्थायी कमिटी सदस्यद्वय कँडेल र बोगटीबिच आन्तरिक प्रतिस्पर्धा हुने गरेको छ ।

ओलीको चाहना मीनबहादुर शाहीलाई अध्यक्ष बनाउने थियो । तर, कर्णालीमा यामलालले प्यानल बनाएर नै गुलाबजंग शाहलाई अध्यक्ष बनाई छाडे । चुनावमा कँडेल–बोगटी समूहबिचको प्रतिस्पर्धामा बोगटी टिम नराम्रोसँग पराजित भयो । ओलीले भनेजस्तै यामलाले कर्णालीमा अझै पनि आफ्नो वर्चस्व रहेको कुरा केन्द्रलाई देखाइदिए । तर, बोगटी खेमाका नेताहरू भने कँडेललाई कमजोर कसरी पार्न सकिन्छ रु भन्ने ध्याउन्नमा लागेको कँडेल निकट नेताहरू बताउँछन् ।

कर्णालीमा अझैपनि कँडेल बलिया मानिन्छन् । प्रदेश अधिवेशनमा बोगटी खेमा कमजोर भएपछि उक्त समूहका नेताहरू समावेशिताको कुरा लिएर काठमाडौँ पुगे । उपसचिव पदमा दुवै जना पुरुष निर्वाचित भएपछि समावेशिता नभएको भन्दै बोगटी खेमाका नेताहरूले पार्टी केन्द्रमा कुरा राखे ।

त्यसपछि महासचिव शंकर पोखरेलले मंसिर ११ गते निर्वाचित उपसचिव रमेश शाहीको ठाउँमा उपसचिवमै पराजित पद्मा खड्कालाई शपथ खुवाउन पत्राचार गरे । बोगटी खेमाबाट लडेकी खड्का शाहीसँगै पराजित भएकी थिइन् । पोखरेलको पत्रले एमाले कर्णालीभित्र हङ्गामै भयो । प्रदेश कमिटीले उक्त निर्णय कार्यान्वयन माघ पहिलो सातसम्म पनि कार्यान्वयन गरेन ।

निर्वाचितलाई हटाई पराजित महिलालाई सिधै शपथ खुवाउन भनेपछि नेताहरूमा असन्तुष्टि बढ्न थाल्यो । त्यसपछि उपसचिव पद्मा खड्का कि रमेश शाही भन्ने विषयमा हस्ताक्षर गरेर बहुमत जुटाउने सम्मका खेलहरू भए । यस्तै पार्टी केन्द्र र केन्द्रीय निर्वाचन आयोगसम्म उक्त कुरा पुग्यो । माघ ४ गते पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले चिठी पठाउँदै रमेश शाहीलाई नै उपसचिवमा काम गर्न भन्यो । पार्टी केन्द्र र केन्द्रीय निर्वाचन आयोगले फर–फरक व्यक्तिलाई उपसचिवको जिम्मेवार दिन पत्र पठाएपछि अझ विवाद बढ्यो ।

यहीबिचमा केपी ओली माघ ५ गते मध्यपश्चिम विश्वविद्यालयको कार्यक्रमसहित प्रदेश कमिटीको पहिलो बैठकमा सम्बोधन गर्न सुर्खेत आए । गुलाबजंग शाह अध्यक्ष भएपछि ५ गते नै आयोजना गरिएको पहिलो बैठक ओलीले सम्बोधन गर्ने भनिएको थियो । तर, तल ओलीको निर्णय विरुद्धमा हस्ताक्षर अभियान नै चलेको बताइन्छ ।

त्यसपछि बैठक नै आयोजना गर्न नसकी स्थगित गरियो । यो कुरामा ओली निकै चिढिएर काठमाडौँ फर्किएका थिए । पछि ओलीले पद्मा खड्कालाई शपथ नखुवाउने हो भने प्रदेश कमिटी नै विघटन गरिदिने जस्तो कदम चाल्छु भनेपछि माघ ८ गते प्रदेश अध्यक्ष गुलाबजंग शाहले शपथ खुवाए ।

प्रदेशको बैठकमा बोल्न नपाएको विषय तीन दिनमा भएको छलफलमा पनि गम्भीरताका साथ राखेका थिए । ‘मैले बोल्छ भनेर प्रदेशको बैठक हुन दिइएन, मेरो यति लामो राजनीतिक जीवनमा पार्टीको कार्यक्रममा बोल्न नदिइएको यो पहिलो पटक हो,’ ओलीले बैठकमा राखेका थिए, ‘म आश्चर्यचकित छु ।’

बैठकमा स्थायी कमिटी सदस्य गोरख बोगटीले कर्णालीमा यामलालको गतिविधि विरुद्ध ओली समक्ष कुरा राखेको अर्का एक नेताले रातोपाटीलाई बताए । कर्णालीमा जहिले पनि पार्टीको निर्णयको अवज्ञा हुन थाल्यो भन्दै ०७४ देखि प्रदेश सरकारमा भएका गतिविधिको विषयमा पनि बोगटीले कुरा राखेका थिए ।

‘सुरुमा माथि सहमति भएपछि माओवादीलाई ९०७४० मुख्यमन्त्री दिने भनेर महेन्द्रबहादुर शाहीलाई दलको नेता बनाउँदा उहाँले ९यामलाल० मान्दै मान्नु भएन,’ बोगटीले ओली समक्ष भने, ‘पछि महेन्द्रकै नेतृत्वमा सरकार बन्यो । पछि मैले अविश्वासको प्रस्ताव नल्याऊँ भन्दा पनि उहाँले मान्नु भएन । अहिले पार्टीभित्र उपसचिवमा केन्द्रको निर्णय अनुसार शपथ गराउन दिनु भएन ।’

साथै एमाले सुर्खेतमा देखिएको विवादको कुरा पनि त्यहाँ उठेको थियो । सुर्खेत जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले फागुन पहिलो सातामा तोकिएको अधिवेशन एक्कासि स्थगित गरेका छन् । तर, अन्य पदाधिकारीहरूले भने उपाध्यक्षको अध्यक्षतामा बैठक बस्दै तोकिएकै मितिमा अधिवेशन हुने दावा गरिरहेका छन् ।

आठौँ अधिवेशनमा कँडेलकै खेमाबाट अध्यक्ष बनेका बिसी प्रदेशमा गोरख बोगटी र जिल्लामा नवराज रावत खेमातिर छन् भने बाँकी पदाधिकारीहरू यामलाल कँडेलकै खेमातिर छन् । गृह जिल्लामा कँडेल प्रभावशाली हुने नै भए । अध्यक्ष बिसी बाहेक बहुमत पदाधिकारीहरू कँडेल पक्षधर छन् । जिल्लामा नवराज रावतले अर्को पक्षको लिड गरिरहेका छन् ।

बिसीले उठाएका कुराहरूको विषयमा पनि बैठकमा छलफल भएको छ । ०७९ को प्रदेश सभाको चुनावमा सुर्खेत–१, मा एमाले उम्मेदवार डन्डी शर्मालाई हराउन एमालेकै मान्छेले पैसा लगानी गरेको कुरा उठेको छ । ‘डन्डी शर्माजीलाई हराउन एमालेकै नेताहरूले यत्ति पैसा दिएको छु उहाँलाई हराउनुप(यो भनेर भनिएको मान्छेलाई अहिलेसम्म कारबाही भएको छैन,’बैठकमा सहभागी एक नेताले भने, ‘उसले पैसा ल्याएर पार्टी कार्यालयमा बुझाइसक्यो तर, पनि कारबाही भएको छैन । त्यसलाई कँडेलको टिमले संरक्षण गरेको आरोप छ ।’ बैठकमा यामलाल कँडेलले निकै निकै लामो समय बोलेका थिए । कँडेल पक्ष निकट नेताहरू ओलीले सम्मान तरिकाले हार्दिकतापूर्वक छलफल गरेको बताउँछन् ।

पोलिटब्युरो सदस्य लक्ष्मी पोखरेलले तीन दिनको बैठकले यसअघिका सबै विवाद समाधान भएको दाबी गरे । अध्यक्ष ओलीले अब पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउन निर्देशन दिएका छन् । पोखरेलले अध्यक्षबाट निकै राम्रो मार्ग निर्देशन प्राप्त भएको भन्दै पोखरेलले भने, ‘आगामी ०८४ मा कर्णालीमा एमालेलाई हार्ने छुट छैन भनेर अध्यक्ष ज्युले भन्नु भएको छ ।’

केन्द्रीय सदस्य दल रावलका अनुसार कर्णालीका कमरेडहरूबिच विगतमा देखिएका केही असमझदारीहरूको कट अफ भएका छन् । ‘अबदेखि तपाईँ केन्द्रीय सदस्यहरू सबैले प्रदेशको नेतृत्वलाई साथ दिनुहोस्, सहयोग गर्नुहोस्, प्रदेशको नेतृत्वले पनि सबै कमरेडहरूलाई मिलाएर लानुहोस् भन्नु भएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘समृद्ध नेपालस् सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मिसन–८४ मा केन्द्रित हुनुहोस् ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com