ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफैंले मृत्युको खबर फैलाएको पुनम पाण्डेविरुद्ध बलिउडकर्मीले गरे सजायको माग


एबीसी न्यूज

काठमाडौं । आफ्नो मृत्युलाई लिएर सामाजिक सञ्जालमा गरिएको ठट्टा पुनम पाण्डेलाई महँगो साबित हुन सक्छ । पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको झूटो समाचार फैलाएर सचेतनाको नाम दिएकी पाण्डेविरुद्ध आवाज उठ्न थालेको छ ।

भारतीय फिल्मकर्मीले उनीविरुद्ध कार्वाही हुनुपर्ने माग राखिरहेका छन् । भारतीय फिल्म तथा टिभी निर्देशक संघका अध्यक्ष अशोक पण्डितले अभिनेत्रीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

भिडियो सन्देशमा पण्डितले भनेका छन्, ‘एउटी अभिनेत्रीले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गएको झूटो समाचार दिनु निकै दुःखद र स्तब्ध बनाएको छ । उनले सबैको भावनासँग खेलेकी छन् । उनले पाठेघरको मुखको क्यान्सरजस्ता रोगबाट पीडित सबैको खिल्ली उडाएकी छन् । यो एक गम्भीर रोग हो ।

उनीहरूले यस रोगविरुद्ध एकजुट भएर काम गरिरहेका भारत सरकार, डाक्टर र नर्सहरूको कडा परिश्रम र कामको खिल्ली उडाएकी छन् ।’ पूनमको यो चालमा सबै सेलिब्रेटीले विरोध गरिरहेको बेला अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले पनि यो नक्कली पीआर स्टन्टप्रति असन्तुष्टि व्यक्त गरेको छ । संस्थाको तर्फबाट भनिएको छ, ‘मोडल तथा अभिनेत्री पुनम पाण्डेको नक्कली पीआर स्टन्ट निकै कमजोर छ । तपाईको प्रचारका लागि पाठेघरको मुखको क्यान्सर जस्ता रोगको कारण प्रयोग गर्नु मान्य छैन । यो खबरपछि अब भारतीय फिल्म उद्योगमा कुनै पनि व्यक्तिको मृत्युको खबर पत्याउन मानिसहरु हिचकिचाउन सक्छन् ।

फिल्म उद्योगमा कोही पनि पीआरको लागि यो स्तरमा झुकेका छैनन् ।’एसोसिएसनले गरेको पोस्टमा यस्तो पनि लेखिएको छ, ‘पुनम पाण्डेका म्यानेजरले झुटो समाचारको पुष्टि गरे, त्यसैले पुनम पाण्डेसँगै उनको म्यानेजरमाथि पनि एफआइआर दर्ता गर्नुपर्छ ताकि आफ्नै मृत्युको कथा कसैले फैलाउन नपरोस् ।’‘द कश्मीर फाइल्स’ फेम्ड निर्देशक विवेक अग्निहोत्रीले एक ट्वीट सेयर गर्दै लेखेका छन्, ‘सोशल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियमहरू हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेष गरी समाचार निर्माता र आफूलाई प्रभावकारी भनाउनेका लागि । यो सनसनीखेज र नौटंकीलाई सामान्यीकरण बनाउनु खतरनाक छ ।

मृत्युको झुटो समाचार त सुरुवात मात्र हो । अब के हुन्छ हेरौं ।’पुनमको पोष्टमा कमेन्ट गर्दै एकता कपूरले पनि लेखेकी छिन्, ‘यो सचेतना भनेको कुन खोप लिनु हुँदैन भन्ने हो । यस्तो असंवेदनशील अभियानलाई प्रोत्साहन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।’ फिल्ममेकर रामगोपाल वर्माले आफ्नो फरक प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘तपाईले यस विषयमा ध्यानाकर्षण गराउनको लागि अपनाउनु भएको चरम तरिकाको लागि तपाई आलोचना हुन सक्छ, तर कसैले तपाईको नियतमाथि प्रश्न उठाउन सक्दैन वा तपाईले यो धोखाबाट के हासिल गर्नुभयो भनेर भन्न सक्दैन । पाठेघरको मुखको क्यान्सरको बारेमा छलफल अहिले जताततै भैरहेको छ । तिम्रो आत्मा तिमी जस्तै सुन्दर छ । तिम्रो दीर्घायु र सुखमय जीवनको कामना गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com