ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्टहरुलाई जार्गनको जांतो, इतिहास निर्माता बन्ने कि संहारक ?


ABC NEWS
फाल्गुन ४, २०७४ शुक्रबार  २ : २० बजे

काठमाडौं । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एक हुने कुराले देशभर उत्साह मात्र थपेन हालै सम्पन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमत दिलायो । शान्तिपूर्ण बाटोबाट आफैले बनाएको संविधानका आधारमा समाजवादको आधार निर्माण गर्ने यो भन्दा सुन्दर उदाहरण विश्वमा कतै भेट्टाउन धेरै मुश्किल छ । देशी विदेशी अनेक शक्ति केन्द्रहरुको घेराबन्दी र धम्कीका बावजुद बुधबार राती नेपालमा इतिहास रच्ने सुवर्ण अवसर थियो ओली र प्रचण्डलाई । त्यो क्षणले देशभरमात्र होइन संसारभरका मेहनतकश जनतालाई खुशी दिने अवस्था थियो । विडम्वना शास्त्रीय कम्युनिस्टिक जार्गनको जहरले बुधबार त्यो अबसर ट¥यो । विहीबार विहानैदेखि एकातिर कांग्रेसी कुशासनलाई एक सेकेण्डपनि नलम्व्याउनका लागि गर्नु पर्ने कानुनी कामको चाप थियो भने अर्कातिर एमाले र माओवादीको एकता टुट्यो भन्ने प्रपोगण्डा प्रतिस्पर्धात्मक सूचनाका रुपमा प्रवहित भए । यो दुखद अवस्था थियो ।
नेपालका दुई धाराका ठूला पार्टीहरु आजको तहमा आउन चार दशकभन्दा लामो समयमात्र होइन झण्डै २० हजारभन्दा बढी मानिसको समेत ज्यान गएको छ विभिन्न बहानामा । यद्यपि यो बीचमा देश गणतन्त्रमा बदलियो, जनताले यिनै दलको अगुवाईमा आफ्ना प्रतिनिधि मार्फत संविधान लेख्न सफल भए ।
कम्युनिस्ट आन्दोलनमा शास्त्रीय शव्दावली र जार्गनको भारीले क्षतविक्षत भएको दुरुह परम्परा छ । त्यही अस्वीकृत खिलले बुधबारको एकता संयोजन समितिको बैठकमा प्रवेश पाउंदा आज देशभर बाम कार्यकर्ताले खुशीयाली मनाउने काममा अल्पविराम लाग्न पुग्यो । कुनै पार्टीले लेख्दै आएको कुरा दस्तावेजमा लेख्ने र नलेख्ने भन्ने जस्तो वाहियात कुरामा अलमलिने दुखद अवस्था प्रदर्शित हुनाले एकता घोषणा मात्र अवरुद्ध भएन सरकार नवन्दै त्यसको उत्साहमा मलिन रुप देखिन थाल्दैछ ।
एमाले र माओवादी नामका दुई पार्टीले आफ्ना दस्तावेजमा लेखेका कति कुरा पालना गरेका होलान ? वा ति दल र तिनका मुखियाहरुलाई सो¥र्याक पर्ने बेलामा कहिल्यै दस्तावेज हेरिए होला ? तर यतिबेला दुई दलको तालमेल भएर एकताका बारेमा दुनियाभरको बाचाकसम खाएर जनताले पत्याएको बेलामा पूर्ववत जार्गन अघि सारेर एकताको महान यात्रालाई रोक्न मिल्छ र ? स्वाभाविक रुपमा माओवाद चालु विश्व स्थितिमा मार्ग दर्शक सिद्धान्त र कार्यक्रमिक सिद्धान्त कुनै पनि हालतमा हुन सक्दैन । माओवादीले समेत खुशीसाथ आशा गर्ने चीनले माओवाद भन्नु परेको छैन भने बांकी विश्वको कुनै प्रसंग कोट्याउनै परेन । अर्कातिर मदन भण्डारीको चमत्कारिक व्यक्तित्व, वाककला र संगठन कुशलताबाट विश्कै कम्युनिस्ट नतमस्तक छन्् । तर ०४९ देखि र मदनको अबसानपछि पनि एमालेका सबै दस्तावेजमा सबैभन्दा बढी जबज लेखिएकै छ । त्यही बेला त्यो पार्टीको हालत कस्तो भएको थियो ? दस्तावेजमा कुनै शव्दावली लेख्ने कुरा भन्दा लक्ष्यप्रतिको इमान्दारिता र लगनशीलता नै सबैभन्दा उपल्लो तहको कर्म रहेछ भन्ने तथ्यलाई यसले पुष्टि भएको छैन र ? अब दुई अलग अलग पार्टी र फरक फरक पृष्ठभूमिबाट अघि बढेका पार्टीका बीचको एकताको बेलामा साझा विन्दुको खोजीमा लाग्ने कि अर्कोलाई विच्काउने ठस्सा देखाउने ? फेरि अर्कोलाई दनक दिएको सम्झिरहंदा सबैभन्दा बढी प्रहार खेप्नु पर्ने त एमालेले नै होइन र ? जुन अभियान जारी छ, तरिका मात्र बदलिएको छ भन्ने विर्सनु हुंदैन । ठीक त्यसैगरी बाम तालमेल र एकतासम्म पुुग्ने प्रचण्डका हाइजम्पले दिल्लीको दिलमा चर्को बदला भाव र आक्रोश छंदैछ । आन्तरिक रुपमा संगठित हुन सके ती सहायक कुरा हुन् । अन्यथा बाह्य खेलकुद प्रमुख बन्दै आएको विरासत दोहरिरहनेछ ।

यतिबेला देशको संविधानमा नै जनताको बहुदलीय जनबादका सारतत्वलाई आधारभूत रुपमा आत्मसाथ गरिएको छ । त्यस्तो बेला त्यो नामकाप्रति कुनै अरुचि हुनु पर्ने कुनै कारण नहुनु पर्ने हो । फेरि पनि कसैलाई केही समय त्यो बोक्न असहज भएमा एकताको महान उद्धेश्य र मूल्यका तुलनामा गुदी पक्डेर कभर विसाउन तयार हुनै पर्दछ । ठीक त्यही बेला आधुनिक समाजवादी बाटोमा जाने भएपछि शास्त्रीय माओवादलाई अब छलफल वा बहसको समेत विषय बनाउन कुनै जरुरी छैन । एकतामा खुला छाती बनाउनका लागि एमाले नेतृत्वले ०४७को माले र माक्र्सवादीबीचको एकताको बेलाको पार्टी नामलाई मात्र स्मरण गरे पनि धेरै समाधान मिल्दछ । के मदन भण्डारीलाई माले भन्ने नामा प्यारो थिएन र ? के माले नामले सिद्धान्तको विकल्पहीन शव्दावलीको काम गरेको थिएन र ? ‘माले‘ भन्ने शव्दावलीले एकैपटक माक्र्सवादी र माक्र्सवादी–लेनिनवादीको प्रतिनिधित्व गरेको थिएन र ? तर कमरेड मदनले पूर्व मँक्र्सवादीका नेताहरुको चित्त बुझाउनका लागि मात्र पार्टी नाम ‘एमारले‘ बनाएको होइन र ? समयक्रममा त्यो नाम एमाले बन्यो । नयां जनवाद बाहेक अर्को कार्यक्रमिक शव्दावली नै हुनसक्दैन भन्ने पूर्व माक्र्सवादीदेखि झलनाथ खनालसम्मका नेताहरु कालन्तरमा जबजको व्याख्याता भएनन् र ? यो सन्दर्भले एमाले माओवादी एकतापछिको सिद्धान्त, कार्यक्रम र संगठन धेरै तथ्यलाई स्पष्ट संकेत गर्दछ । तर इतिहासमा आवश्यकता र बाध्यताका जुवामा दविएर पनि भविष्यलाई सुनिश्चित गर्ने मदनको जस्तै कदमको आवश्यकता छ यतिबेला दुवैतिर ।

यसपटक पनि हुने ०४७ देखि ०४९ सम्म माले र माक्र्सवादी एकता हुंदा राखिएको पार्टी नाम र सिद्धान्तको भविष्य जस्तै जस्तै हो । भर्खरै सम्पन्न आम निर्वाचनमा प्रचण्डले सबैभन्दा बढी मदन भण्डारीका बारेमा बोलेका छन् । प्रचण्डको भाषण केवल भोटको छलकपट मात्र हो र ? अन्यथा मदनको बारेमा सम्मान प्रकट गर्नु भनेको जबजको स्वीकारोक्ति नै हो । तथापि अहिले प्रचण्डहरुलाई जबज भनिहाल्दा सानो भइन्छ भन्ने लागेको भए ओलीहरुले मन राखिदिन तयार हुनै पर्दछ । सारतत्व र स्प्रिट त जबज र एक्काइसौं शताव्दीको जनवाद नै हो । माओवादीले एक्काइसौं शताव्दीको जनवाद भन्नु परेको माओवादको हिंसात्मक बाटोको अस्वीकृती वा विश्राम नै हो । जुन कुरालाई हेटौंडा महाधिवेशनमा आइपुग्दा सम्पूर्ण रुपले आत्मसाथ गरेको छ ।
तसर्थ एकताका लागि दुवै पक्षले खुशीसाथ साझा तरिकाले गीत गाउन सकिने गेडाहरुलाई सुन्दर लयमा मिलाउने र नमिलेका गेडाहरुलाई एक बाक्यमा माहाधिवेशनको जिम्मा लगाउने विधि नै उपयुक्त होइन र ? कि यसो गर्दा समाप्त भइने डरले दुबैको गन्तव्य दिल्लीको चावुकमा पु¥याउने कदम महान र क्रान्तिकारी हो ? एमाले र माओवादीका हाइकमाण्डले गम्भीरतापूर्वक सोच्नु पर्ने यही होइन र ? के एमाले र माओवादीका हाइकमाण्डले आजको दिनमा एकले अर्काको साथ र सहयोग विना दक्षिणी हावाका प्रदूषणलाई रोक्न सक्ने कुनै विकल्प देखेको छ र ? देखेको वा देखाउन खोजिएको भए त्यो नक्कली हो । देशघाती विष हो । इतिहासले दिएको सुन्दर अवसरको दुखद अबासन मात्र हो ।

दुई ‘अति‘ का नायकहरुले बनाएको सहमतिमा थप सघाउनु पर्नेमा दोस्रो दर्जाका माधव नेपाल, इश्वर पोखरेल र नारायणकाजीहरु सुल्टो मतिमा हिंड्ने कि सबै कुरा खरानी बनाउने अद्योगतिमा लाग्ने गम्भीरतापूर्बक सोच्नु पर्दैन ? अहिले देशभरका बाम समर्थक जनमतलाई यस्तै निराशाका बादलले छाएको छ । अहिले दुवै पार्टीका दोस्रो दर्जामा परेकाहरु धेरै समय पहिलो दर्जामै थिए, त्यो बेला उनीहरुले बनाएका दस्तावेजमा संसारभरका सबै राम्रा र क्रान्तिकारी भनिएका शव्दजालले भरिपूर्ण थिए । तर त्यतिबेला आन्दोलन र ति पार्टीको हालत कस्तो भएको थियो ? यी इतिहासका अकाट्य तथ्य कसैले विर्सेको छैन । माओवादी पक्षले त झनै यतिबेला हामी के भयौं ? विलय पो हुने हौं कि जस्ता विलौना आफैमा हांस्यास्पद छन् । आफ्नो आइडेन्टीटी जोगाएको दावी गरिरहेका बैद्य, विप्लव, मोहन विक्रम, सिपी मैनाली र रोहितहरुको हालत के भइरहेको छ त ? के प्रचण्डहरुलाई पनि त्यस्तै परिचय र हैसियत बढ्ता प्रिय होला र ? किमार्थ हुन सक्दैन । इतिहासले पनि त्यसो भन्दैन । यति कुरा भइसकेपछि सिद्धान्त र विचारमा सहमति नभएका हुनाले सरकारमा मन्त्री पठाउन नमिल्ने जस्तो नेपाली राजनीतिको सर्वथा नयां सिद्धान्त प्रतिपादन गर्ने कीर्तिमान कायम नगरेकै राम्रो । के हिजो शेरबहादुर र कमल थापाहरुसंग सरकारमा जांदा सिद्धान्त मिलेको थियो र ? आज यस्ता अनगिन्ति प्रश्नहरुको बाढी चलेका बेला ओली र प्रचण्ड तथा तिनका डेपुटीहरुले एकताको घोषणा बाहेकको कुनै पनि तर्कले जबाफ पुग्दैन । यतिबेला ढिलाई र अलमलले सर्वनाशको ढोका मात्र फाराकिलो बनाउने छ । फेरि पनि प्रचण्डकै शव्दको भत्किसकेको पुलमा कसैले लगाइदिन खोजेको सांघुको आशामा लत्रेर इतिहास निर्माता बन्ने अवसरबाट संहारक बन्ने दुभाग्य नआओस् । आगे यहांहरुको मर्जी ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com