ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी र चिनियाँ अधिकारीबीच थाइल्यान्डमा गुप्त वार्ता हुने


एबीसी न्यूज

काठमाडौं १२ माघ । सम्बन्ध सुधारको प्रयास गरिरहेका अमेरिका र चीनका वरिष्ठ अधिकारीहरुबीच थाइल्यान्डमा गुप्त वार्ता हुने भएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुन लागेको हो।

नोभेम्बरमा सान फ्रान्सिस्कोमा राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको वार्तापछि सलिभान र वाङ पहिलोपटक भेट्न लागेका हुन्।

बेलुन काण्ड र ताइवानका विषयमा तनाव उत्कर्षमा पुगेपछि गतवर्षको अन्त्यमा अमेरिकी र चिनियाँ अधिकारीहरुले सम्बन्ध सुधारको प्रयास थालेका थिए। त्यसका लागि सलिभान र वाङबीच गुप्त रुपमा अस्ट्रियाको भियना र माल्टामा भेट भएको थियो।

 

जसले नोभेम्बरमा बाइडेन र सीबीचको भेटलाई सम्भव तुल्याएको थियो।  अमेरिकी अधिकारीहरु सञ्चारमाध्यमको नजरबाट टाढा निजी रुपमा वार्ता भएकाले सलिभान–वाङ संयन्त्र प्रभावकारी बनेको बताउँछन्।

पछिल्लो समय लाल सागरमा पश्चिमा जहाजहरुलाई आवागमनमा बाधा गरिरहेको हुथी समूहलाई रोक्न इरानमाथि दबाब बढाउन अमेरिकाले चीनलाई आग्रह गरिरहेको छ। यो विषय सलिभानले हालै अमेरिका भ्रमणमा गएका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ च्यानचाओसँग पनि उठाएका थिए। जो वाङको उत्तराधिकारीका रुपमा विदेशमन्त्री बन्ने कतिपयको आकलन छ।

विदेशमन्त्ती रहेका छिन काङ बर्खास्त भएपछि गत जुलाईयता वाङले चिनियाँ विदेश मन्त्रालय र चीनको शीर्ष कूटनीतिज्ञ दुवैको भूमिका निर्वाह गरिरहेका छन्।

अमेरिका र चीनबीच ताइवान विवादित विषय बन्ने गरेको छ, जहाँ हालैको चुनावमा अमेरिकाको समर्थन प्राप्त उम्मेदवार लाइ चिङ ते विजय भएका छन्। फाइनान्सियल टाइम्स

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com