ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुख ईश्वर पुकार्दै, मुख्यमन्त्री जनताको नाम लिंदै (फोटो फिचर)


sharan sharan

बुटवल, ४ फागुन ।
जन निर्वाचित प्रतिनिधिहरुले पटक पटक जनताको नाममा सपथ खाईरहंदा पनि नेपालको सरकारी अधिकारीहरु ईश्वरकै नाममा सपथ खुवाउन किन लालायीत बन्छन् होला ? राष्ट्रपति होस वा प्रदेश प्रमुख, निर्वाचन अधिकृत होस वा न्यायाधिस, जस्ले जति पटक ईश्वरका नाममा सपथ लिन्छु भनेर भट्याईरहंदा पनि सपथ लिनेले भने जनताको नाममा नै सपथ लिईरहेका छन् । बुटवलमा मुख्य मन्त्री शंकर पोखरेल र मन्त्री द्धय बैजनाथ चौधरी र कुल प्रसाद केसीले प्रदेश प्रमुख उमाकान्त झाले ईश्वरका नाममा भनेर भट्याईरहंदा जनताको नाममा भन्दै गरेको सुनियो । सरकारी अधिकारीहरुलाई जनताको नाममा सपथ गराउन के को आपत्ती होला ? कसैले नबुझेको कुरा ।
५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले सपथ खाईरहंदा प्रदेश प्रमुखको सचिवालयले परिवारलाई दिएको महत्व पनि अलि बढी नै देखियो । समानुपातीकबाट पाखेलेसंग बिबाह भएपनि जनजाती कोटामा सभासद बनेकि मुख्यमन्त्रायणी सुजीता शाक्यलाई सपथ लगत्तै संगै राखेर फोटो खिच्न आह्वान गरियो । परिवारलाई पहिलो प्राथमिकतामा राख्नु पर्दथ्यो वा पर्दैनथ्यो समिक्षा जरुरी छ ।
सिंहदरवार घरदैलोमा आएको अनुभुति दिलाउंदै बिहिबार दिनभरी बुटवल मुख्यमन्त्रीमय बन्न पुगेको थियो । पोखरेलले सपथ लगत्तै फुलबारी स्थित शहिद बाटिकामा पुष्पगुच्छा चढाएर पुष्पलाल पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।
अपरान्ह पदभार ग्रहण गर्न मुख्य मन्त्रीको कार्यालय पुगेका पोखरेलले मन्त्रीपरिषदको बैठक बसाले र नवनियुक्त मन्त्रीहरुलाई दांया र बांया राखेर पत्रकार सम्मेलन गर्न पनि भ्याए । मन्त्रीपरिषदले प्रवक्ता तोकेको भौतीक तथा पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले मन्त्री परिषदको ७ बुंदे निर्णय सुनाई रहंदा आन्तरिक मामला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रचण्ड शैलीमा टाउको हल्लाईरहेका थिए ।पत्रकार सम्मेलनमा ३ पेजको कार्ययोजना प्रस्तुत गर्दै मुख्य मन्त्री पोखरेलले नजानिंदो पाराले बुटवल सुबिधासम्पन्न शहर बनिसकेको भन्दै स्थायी राजधानी बनाउने स्थान १० वर्ष पछाडीका युवाले प्रशंसा गर्न लायकको हुनुपर्ने स्थान हुनु पर्ने बताईरहेका थिए । बुटवलले राजधानी धान्न नसकेको संकेत गर्दै उनले मन्त्रीहरु स्वयं आफ्नो मन्त्रालय राख्ने कार्यालय खोज्दै हिंड्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरेका थिए ।

उनले अन्य केहि कुराहरु सहित स्थायी राजधानी निर्धारण गर्नु नयां सरकारको चुनौतीको बिषय रहेको बताए । माओबादी जनयुद्धलाई पोखरेलले जनयुद्ध भन्न चाहेनन् , बरु शसस्त्र संघर्ष भन्दै गुरिल्ला मार्गको रुपमा पर्यटनको बिकासका बारेमा भने पोखरेलको प्रतिबद्धता देखियो । ६ पेजको प्रतिबद्धता पत्र हेर्दै बोल्दै गरेका पोखरेलले प्राय सबै जिल्लाको नाम लिएपनि अर्घाखांची र रुकुमको नामभने एक पटक पनि उच्चारण गरेनन् ।
पत्रकार सम्मेलनमा आउनु अघि उनले प्रदेशका सुरक्षा अंगका प्रमुखहरुसंग परिचयात्मक कार्यक्रम गर्दै सरकारको सफलताको आधार नै कर्मचारी संयन्त्र रहेको सुझाउंदै थिए । निर्भिकतापुर्वक काम गर्न निर्देशन दिंदै उनले अपराधालाई शुन्यको दिशातर्फ लैजान आवश्यक रहेको बताए ।
मुख्यमन्त्रीले निजामती कर्मचारीहरुसंग भलाकुसारी गरिरहंदा आन्तरिक मामला तथा कानुन मन्त्री कुल प्रसाद केसीले भने प्रहरी अधिकारीहरुको गुनासो सुनिरहेका थिए । मन्त्रीलाई गुनासो सुनाउंदै नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मधुप्रसाद पुडासैनीले पश्चिम क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय र अंचल दंगा नियन्त्रण प्रहरी गण मुलुकको संघिय संरचना बिपरित भएकाले तुरुन्त सच्याउनु पर्ने सुझाव मन्त्री समक्ष राखेका थिए ।
प्रदेश प्रमुख निवास अगाडीको सपथ ग्रहण स्थलभने भद्रगोल देखिएको थियो । पत्रकार दिर्घा समेत नबनाईएको सपथ स्थलमा प्रदेशभरीबाट आएका जन प्रतिनिधिहरु कहां बस्ने भनेर अलमलमा परेका थिए । मुख्यमन्त्री संगै सपथस्थलमा पुगेकी मन्त्रायणी सुजिता शाक्य, सपथ नसकुन्जेल बस्ने स्थान खोज्दै थिईन् । सपथ ग्रहणमा प्रदेश प्रमुख झा सहित माओबादी मन्त्रीहरु टाई सुटमा थिए भने एमाले मन्त्रीहरु दौरा सुरुवालमा सपथ ग्रहण स्थल पुगेका थिए ।
जसरी प्रदेश सरकार गठनहुंदा देखिएको दृश्यले सिंहदरवारलाई घरआगनमा देखाईदिएको छ , त्यसरी नै गांउघर आएको सिंहदरवारले जनतालाई अभिभाकत्व प्रदान गर्न सक्छ कि सक्दैन ? त्यो दिन हेर्न भने बांकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com