ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपहाडी लोकमार्ग पुनर्रेखाङ्कन गर्न एमालेको माग


एबीसी न्यूज

काठमाडौं ९ माघ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग पुष्पलाल लोकमार्ग को पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै एमालेले त्यसको टेक्निकल अडिट गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्गको इन्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा ‘थुप्रै सुधार गर्नुपर्ने’ उल्लेख छ ।

तर ‘१ हजार ८७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गको दृष्टिले उपयुक्त नरहेको निष्कर्षका साथ यसको टेक्निकल अडिट गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन गर्न, आवश्यक स्थानमा सुरुङ र भायाडक्ट अग्ला पुल० प्रयोग गरी यसको समय र दुरी छोट्याउन,’ एमालेले माग गरेको छ ।

 

साथै ट्र्याक खोल्न बाँकी ठाउँमा तत्काल ठेक्का लगाउन एवं काम अलपत्र पार्ने ठेकेदारहरुमाथि आवश्यक कार्बाही अगाडि बढाउन पनि एमालेले सरकारसँग माग गरेको छ ।

पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी लोकमार्गको पूर्वपश्चिम लम्बाइ १ हजार ८७९ किलोमिटर छ । यही लोकमार्गलाई केन्द्रित गरेर एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म ‘संकल्प यात्रा’ अभियान चलाएको थियो । सो अभियानको क्रममा स्थानीयबाट संकलित माग तथा सुझावलाई समेटेर एमालेले आज प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

मध्यपहाडी लोकमार्ग नेपालको पहाडी क्षेत्रको विकास र समृद्धिको सम्बाहक परियोजनाको रुपमा रहेको भन्दै एमालेले अधिकांश राजमार्गहरु विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनियरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय एमालेले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न भूभागमा आधुनिक सहरहरुको विकास गरेर पहाडको बसाइँसराइँ रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाको प्रगति निराशाजनक रहेको विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

बसाइँसराइँले मध्पहाडी वस्तीमा मलामी अभाव

एमालेका अनुसार मध्यपहाडका गाउँवस्तीबाट बसाइँसराइँ चुनौतीको रुपमा देखा परेको छ । कतिपय गाउँवस्तीहरु रित्तिँदै गएर मलामीको समेत अभाव रहेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

बसाइँसराइँको यो नकारात्मक प्रवाहका पछाडि केही वाध्यात्मक कारणहरु भए पनि नेपालमा अवसर नै छैन र नेपाल बन्दैन भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले समेत काम गरेको भन्दै एमालेले बसाइँसराइँको क्रमलाई न्यून गर्न सरकारले तत्काल पहल गर्नुपर्ने एमालेको माग छ ।

उत्पादित वस्तुले बजार, उचित मूल्य र संरक्षण नपाउनु बसाइँसराइँको कारण बन्न पुगेको एमालेको ठहर छ । त्यसैले एमालेले विदेशी मुलुकका कृषि उत्पादको अनियन्त्रित आयात रोक्न, बिचौलियाको दोहान नियन्त्रण गर्न, पुँजी र प्रविधिको प्रबन्ध गर्न पनि माग गरेको छ ।

पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनालीमा भइरहेको नोक्सानी र पीडा पनि बसाइँसराइँको कारक बन्न पुगेको निष्कर्ष निकालेको एमालेले उक्त समस्याको दिगो समाधानका लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com