ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकूम पश्चिममा इलाका प्रशासन कार्यालय स्थापना


एबीसी न्यूज

रुकुम, ९ माघ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । चौरजहारी नगरपालिका वडा नम्वर २ मा एक औपचारिक कार्यक्रममा बिच स्थापना गरीएको कार्यालयको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले उद्घाटन गरेका हुन।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शर्माले अव चौरजहारीवासीलाई नागरिकता, राहदानी,राष्टिय परिचय पत्र, लगायत प्रशासनबाट हुने कामको लागि जिल्ला सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । सङ्घीयताको मर्म अनुसार चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको उनको भनाई छ । कार्यालय उद्घाटन भए पनि व्यवस्थापनको काम बाँकी रहेकाले सेवा प्रवाह गर्न अझै केही दिन लाग्ने इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसीले जानकारी दिए । उनका अनुसार कार्यालयमा फर्निचर, कम्प्युटर, सिआई एम एस जडान, कर्मचारी व्यवस्थापन लगायत अन्य व्यवस्थापनको काम गर्न बाँकी रहेकाले सेवा प्रवाह गर्न केही समय लाग्ने छ । इलाका प्रशासन कार्यालयबाट नागरिकता, नाबालक परिचय पत्र, विभिन्न प्रकारका सिफारिस लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख केसी बताउछन् । प्रमुख जिल्ला अधिकारीको अख्तियारीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा इलाका प्रशासन कार्यालयबाट प्रवाह गरिने इलाका प्रशासन कार्यालय चौरजहारीले जनाएको छ ।

कार्यालय व्यवस्थापनको काम बाँकी रहेकाले सेवा प्रवाह गर्न केही समय लाग्ने देखिए पनि जति सक्यो छिटो सेवा प्रवाह गर्ने गरी लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, पूर्व नगर प्रमुख विशाल शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको पनि आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com