ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, को को छन् सहभागी ?


एबीसी न्यूज

काठमाडौं ८ माघ । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राणप्रतिष्ठा सुरु भएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भइसकेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले राम मन्दिरमा पूजा अर्चना गरेका छन् । मोदी आजको कार्यक्रममा मुख्य अतिथि हुन् । कार्यक्रममा मोदीको अलवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत पन सहभागी छन् । भारतीय कांग्रेसले भने कार्यक्रममा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।

भारतीय जनता पार्टीले राजनीतिक कार्यक्रमको रूपमा प्राणप्रतिष्ठा आयोजना गरेको भन्दै कांग्रेसले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो ।

मुख्य पूजा गर्भगृहमा हुने जनाइएको छ । स्थानीय समयअनुसार अपराह्न १२ः२९ बजेबाट मुख्य पूजा सुरु गरिएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुनको लागि देश विदेशबाट सात हजारभन्दा बढी पाहुनालाई निमन्त्रणा गरिएको थियो ।

सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवनलगायत गायक गायिकाले भजन गाएर कार्यक्रमको सुरुआत गरिएको थियो । त्यसपछि श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरका बारेमा जानकारी गराएका थिए ।

मन्दिरमा राखिएको रामको मूर्ति कर्नाटकबाट ल्याइएको एक ढुंगाबाट बनाइएको जानकारी चम्पत रायले दिए । मूर्ति बनाउनको लागि नेपालको कालीगण्डकीबाट पनि दुई वटा ठूला ढुंगा लगिएको थियो । तर, विभिन्न कारण देखाई नेपालबाट लगिएका ढुंगाबाट मूर्ति बनाइएन ।

मन्दिरमा राखिएको रामको मूर्ति मैसुरका अरुण योगीराजले बनाएका हुन् । कार्यक्रममा अहिले अमिताभ बच्चन, रजनीकान्त, सचिन तेन्दुलकर, मुकेश अम्बानी, नीता अम्बानी उपस्थित भइसकेका छन् ।

यस्तै, उमा भारती, पवन कल्याण, सभाष घई, चिरञ्जीवी, कैलाश सत्यार्थी, अनु मलिक, रणवीर कपुर, आलिया भट्ट, विक्की कौशल, कट्रीना कैफ, जैकी श्राफ, रामदेव, धीरेन्द्र शास्त्री, अनिल कुम्बले, अनुपम खेर, कंगना रनोट, विवेक ओबराय, सायना नेहवाल लगायतका व्यक्तिहरू कार्यक्रममा सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com