ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरण -रवि र जीबीविरुद्धका उजुरी अब सीआईबीले अनुसन्धान गर्ने


एबीसी न्यूज

काठमाडौं ७ माघ । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० ले अनुसन्धान सुरु गरेको छ।

गत साता सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले मगाएको हो। ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले ती फाइल माग्दै विभिन्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएका थिए।

पत्र पठाइसकेपछि फोन गरेर पनि उनले फाइल सीआईबीमा पठाउन भनेका थिए।  तर जारी अनुसन्धानबारे उनले बताउन चाहेनन्। सीआईबीको पत्रपछि जिल्लाले ती फाइल गत साता नै पठाइसकेका छन्।

अहिले सीआईबीले सबै जिल्लाबाट आएका फाइल अध्ययन गरिरहेको सीआईबी उच्च स्रोतले जानकारी दियो।

‘अहिले सबै जिल्लाका फाइल मगाएर हामी हेर्दैछौँ। एकै ठाउँमा राखेर अनुसन्धान गर्दा राम्रो हुन्छ भन्ने हो। यसबाहेक जिल्ला प्रहरी कार्यालयले यसअघि सम्पत्ति शुद्धीकरण विभागमा पनि अनुसन्धानका लागि लेखि पठाएका छन्’, सीआईबीका एक अधिकारीले भने।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल, पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लामा उजुरी परेको छ। जीबी राईका नाममा विभिन्न सहकारी सञ्चालनमा छन्।

सीआईबीलाई फाइल बुझाउनुअघि नै जिल्लाले सम्पत्ति शुद्धीकरणमा पत्राचार गरेका थिए।

यस्तै गतसाता नै सहकारी विभागमा पनि उनीहरुविरुद्ध उजुरी परेको छ। सहकारी विभागले पनि यस विषयमा कारबाही अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com