काठमाडौं ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जागिर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरेका छन् ।
युगान्डाबाट फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
पत्रकारले राखेको जिज्ञासामा उनले भने, “रूसलाई पत्र पठाइएको छ । युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग कुरा भएको छ । फिर्ता पठाइदिनुपर्यो भनेका छौँ । मारिएकाको विषयमा पनि क्षतिपूर्तिको कुरा भएको छ । सरकारले मात्रै भनेर हुँदैन सबैले व्यापकरूपयमा यस विषयमा कुरा उठाउनुपर्छ ।”
उनले अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए ।








प्रतिक्रिया दिनुहोस्