ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा तीन दिने ठाडोभाका प्रशिक्षण सुरु


abc tv
माघ ५, २०८० शुक्रबार   ९ : ४४   बजे

पोखरा । पोखरा–९, नयाँबजारस्थित तमु धिं नेपालको रोधिंहलमा तीनदिने ठाडोभाका प्रशिक्षण सुरु भएको छ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आयोजना, रोधिं टेलिभिजनको सहकार्यमा रोधिं हलमा आयोजित लोपोन्मुख ठाडोभाका प्रशिक्षणको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि मन्त्री सिंखडाले नेपाली पहिचानको लोक संस्कृति संरक्षण गर्न राज्यको दायित्व भएकाले सक्दो सहयोग हुने बताए । मुलुकको परिवर्तनकै कारण लोक संस्कृति विकास हुने वातावरण बनेको भन्दै उनले संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समावेशिताका पक्षमा साथै जनआन्दोलनको उपलब्धिहरु रक्षाका लागि लाग्नुपर्नेमा जोड दिए ।

लमजुङसँग आफ्नो विगतको सम्बन्धको चर्चा गर्दै लमजुङमा प्रचिलत र लोपोन्मुख अवस्थामा रहेको ठाडो भाकाको संरक्षणका लागि आफु पनि सल्लाहकार रही संरक्षणमा लाग्न चाहेको बताए ।

कार्यक्रममा विशेष अतिथि वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आफ्नो गायन प्रस्तुतिसहित शुभकामना, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का विखर्ची, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए भने ठाडोभाकाका गायक एवम प्रशिक्षक बुद्धिमान दुरा धम्पुले प्रशिक्षणको बारेमा जानकारी दिएका थिए ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यत्रममा स्वागत रोधिं टिभीका सञ्चालक बालकासी गुरुङले स्वागत र टसबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

उक्त अवसरमा ठाडोभाकाका गायक, सर्जक, प्रशिक्षक बुद्धिमान दुरा धम्पुलाई ठाडोभाकाको महानायक उपाधि घोषणा गर्न सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा र गण्डकी प्रज्ञा प्रतिष्ठानले लिखित अनुरोध समेत ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले गरेका थिए ।

कार्यक्रममा ठाडोभाका संरक्षणमा विशेष सहयोगका लागि लमजुङ समाज पोखरा, डडुवा दुर्छा लमजुङ तमु सम्पर्क समाज पोखरा, दुरा सेवा समाज पोखरा र कयाल निलबहादुर गुरुङ फस्ट जिआर भुपू सैनिक संगठनलाई सम्मान गरिएको थियो।

ठाडोभाका वरिष्ठ गायक बुद्धिमान दुरा धम्पु र सिता दुराले प्रशिक्षक रहेको तीनदिने तालिममा २४ जना प्रशिक्षार्थीहरु सहभागी रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group