ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरिए काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत : २९ सहसचिवको सरुवा, को–कहाँ पुगे (सूचीसहित)


एबीसी न्यूज

काठमाडौं, ५ माघ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन्।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारलाई पठाएको छ। उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए। त्यसअघि उनी सहरी विकास मन्त्रालयमा थिए।

यस्तै, मन्त्रालयले काठमाडौंमा रहेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरूवा गरेको छ। नगर कार्यपालिकाको निर्णय हेरफेर गरेको घटनामा महानगरले प्रशासकीय अधिकृत अधिकारीलाई माघ १० गते सम्मका लागि बिदामा बस्न भनेको थियो।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ।

यसैगरी गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाललाई अर्थ मन्त्रालय, सेवन्तक पोखरेल मधेश प्रदेश अर्थ मन्त्रालय, सेवन्तराज दाहाल गण्की प्रदेश प्रमुखको कार्यालय, बासुदेव दाहाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

यस्तै छबिन्द्र पराजुली कोशी प्रदेश प्रमुखको कार्यालय, इश्वरकुमार गिरी समावेशी आयोग, गोबिन्द्रप्रसल रिजाल श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हरिशरण पुडासैनी बागमति प्रदेश पर्यटन मन्त्रालय, केशवप्रसाद दाहाल शिक्षा मन्त्रालय, झलकराम अधिकारी नेपाल ट्रष्टको कार्यालय, बाबुराम ज्ञवाली योजना आयोग र निता पोखरेल अर्याल बागमति प्रदेश लोकसेवा आयोगमा सरुवा हुनुभएको छ ।

यस्तै नम्रता सिंह लुम्बिनी प्रदेश कृषि मन्त्रालय, दिवस आचार्य राष्ट्रि«य सुरक्षा परिषद, बैरेन्द्रकुमार यादव मधेश प्रदेश गृह मन्त्रालय, सुरेन्द्र पौड्याल मधेश प्रदेश श्रम मन्त्रालय, दिनानाथ मिश्र शिक्षा मन्त्रालय, माधवप्रसद भट्टराई कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, रमेशकुमार सिंह उर्जा मन्त्रालय, शैलेशकुमार झा उद्योग मन्त्रालय सरुवा हुनुभएको छ ।

यस्तै अमृत श्रेष्ठ बागमति प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, केदारनाथ शर्मा काशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लक्ष्मीप्रसाद भट्टराई कोशी प्रदेश सामाजिक बिकाश मन्त्रालय, दिपकराज नेपाल श्रम मन्त्रालय, टंकप्रसाद प्रसाई गण्डकी प्रदेश कृषि मन्त्रालय र सहदेवप्रसाद हुमागाई कृषि तथा पशुपंन्छी मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com