ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई युगान्डामा स्वागत गर्ने डा. सुधीर रुपरेलिया को हुन्?


एबीसी न्यूज

काठमाडौं ५ माघ । अफ्रिकी मुलुक युगान्डामा असंलग्न राष्ट्रहरूको आन्दोलनको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगे।  त्यहाँ नेपालीहरूका तर्फबाट उनलाई औपचारिक स्वागत गर्नेमध्ये थिए, डा। सुधीर रुपरेलिया।

नेपालीसँग मिल्दोजुल्दो नाम भए पनि उनी भारतीय मूलका उद्योगपति हुन्। सरकारले नै उनलाई २०७६ सालमा नेपालका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेकाले नेपाल र नेपालीका लागि परीआउँदा खटिने व्यक्ति पनि उनै हुन्।   त्यसैले प्रधानमन्त्री प्रचण्डसहितको टोलीको स्वागत सत्कारमा उनले कुनै कमी गरेनन्।

 

अझ रोचक के भने जहाँ असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन हुँदै छ, त्यो स्थान नै रुपरेलियाको स्वामित्वमा छ।

कम्पलाको स्पेक रिसोर्ट एन्ड कन्भेन्सन सेन्टरमा उक्त सम्मेलन हुँदै छ, जहाँ सहभागी राष्ट्र एवं सरकार प्रमुखसमेत बसेका छन्। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पनि सोही रिसोर्टमा बसेको छ।

रुपरेलियाकै विशेष अग्रसरतामा बिहीबार त्यही सम्मेलन केन्द्रमा प्रधानमन्त्री प्रचण्डसँग गैरआवासीय नेपालीहरूको अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो। भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी व्यक्त गरे।

उनले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईँहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्। हिजो मात्रै भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।’

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी पनि उपस्थित थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन्।

फोर्ब्स म्यागेजिनका अनुसार, रुपरेलिया युगान्डाका सबैभन्दा धनी व्यक्ति हुन्। उनीसँग १ अर्ब २० करोड डलरबराबरको सम्पत्ति छ।

रुपरेलिया समूहका संस्थापक रहेका उनका होटल, क्लबलगायत देशभरमा २ सयभन्दा बढी व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन्। करिब ४ दशकको अवधिमा उनले यो व्यावसायिक साम्राज्य निर्माण गरेका हुन्।

पछिल्लो समय युगान्डामा नेपालीहरूको संख्या बढ्दै गएको छ। दूतावासमा काम पर्दा निकै टाढा रहेको इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गर्नुपर्ने अवस्था छ। रुपरेलिया अवैतनिक वाणिज्यदूत नियुक्त भएपछि नेपालीलाई निकै सहज भएको गैरआवासीय नेपाली समुदायको अनुभव छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com