ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली आजै प्रधानमन्त्री बन्ने


एबीसी न्यूज

काठमाडौं, ३ फागुन  ।  वाम गठबन्धन ( नेकपा एमाले र नेकपा माओवादी केन्द्र)ले सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेस गने भएका छन् ।

चुनावको परिणाम औपचारिक रुपमा सार्वजनिक भैसकेकाले अब सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै दुवै दलले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ ।

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेद गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाउन लागेका हुन् ।

दिउँसोसम्ममा राष्ट्रपतिसमक्ष नाम पठाउने एमालेले जनाएको छ । ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको छ । वाम गठबन्धनसँग संसदमा झण्डै दुई तिहाई बहुमत भएकाले ओलीको नाम स्वतः अनुमोदन हुने अवस्था छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको स्वरुपबारे थप निर्णय गर्ने एमाले र माओवादीको तयारी छ । निर्वाचन आयोगले हिजो बेलुकी चुनावी परिणाम बुझाएलगत्तै सरकार गठन प्रक्रिया अघि बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com