काठमाडौ २९ पौष । भोलिको माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि बन्द नहुने भएको छ । भोलि माघे सङ्क्रान्ति परेकाले आज र भोलि २४सै घण्टा सडक खुला गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार यसअघि आयोजनाले माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाटमा नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि एक दिन सडक बन्द नगर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गरी आज पनि सडक खुला गरिएको हो ।पर्सिदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द हुनेछ ।
गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गर्ने निर्णय भएको हो । तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् ।यो सडकमा राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका गाडी रोकेर सुरुङ निर्माणको काम हुँदै आएको छ ।गएको १६ गतेदेखि एक सय दिनसम्मका लागि राति ६ घण्टा सडक बन्द गरिएको हो । तल्लो








प्रतिक्रिया दिनुहोस्