ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो पहिचान खुलाउनेविरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्युरोमा उजुरी


एबीसी न्यूज

काठमाडौं २६ पौष । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला २६ को पहिचना सामाजिक सञ्जालमा खुलाउनेविरुद्ध बिहीबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।  प्रहरीले गौशाला २६ नाम दिएकी ती युवतीका तस्बिरसहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कानुनी विकल्प खोजिएको हो।

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नेहरूलाई कारबाही माग गर्दै बिहीबार सन्दीपबाट पीडित ती युवतीले साइबर ब्युरोमा उजुरी दिएकी हुन्।

गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दिएकी हुन्।

पीडित युवतीको उजुरी आएपछि उनको वास्तविक नाम र तस्बिर सार्वजनिक गर्नेहरूविरुद्ध अनुसन्धान अघि बढाइएको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले नेपालखबरलाई बताए।

ती युवतीले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर ९मुलुकी अपराध संहिता, २०७४० को दफा २९४, दफा २९८ समेत र कम्प्युटरसम्बन्धी कसुर ९विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर भएको जिकिरसहित उजुरी दर्ता गराएकी हुन्।

यसअघि आफ्नो पहिचान खुलाएको भन्दै गौशाला २६ मानवअधिकारकर्मीसहित साइबर ब्युरो पुगेकी थिइन्। तर त्यसबेला मुद्दाको उठान भएको गौशाला बृत्तबाटै यसको समाधान खोज्न भनिएको थियो।

युवतीले यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा पनि निवेदन दिएकी थिइन्। उक्त निवेदन पनि आईजीपीको सचिवालयले आवश्यक कारबाहीका लागि साइबर ब्युरोमै पठाइदिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको निर्णयअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै केही दिनयता सामाजिक सञ्जालमा तस्बिर हाल्ने क्रम बढेको छ।

ढकालको इजलासले सन्दीपलाई बलात्कारी ठहरसहित आठ वर्ष जेल सजायको फैसला सुनाएको छ। सन्दीपले ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति पनि भराउनुपर्ने भएको छ।

यसैबीच गौशाला २६ को तस्बिर र वास्तविक नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरेको छ।

जापानमा बस्दै आएका चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com