काठमाडौ २६ पौष । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।महासंघका अनुसार १७ पुस यता सुनको मूल्य ओरालो लागेको हो । १७ पुसमा छापावाल सुनको प्रतितोला १ लाख २१ हजार रुपैयाँ थियो ।
त्यसयता तोलामा २ हजार ७ सय रुपैयाँले घटेर बिहीबार छापावाल सुनको कारोबार १ लाख १८ हजार ३ सय रुपैयाँमा भइरहेको छ । तेजावी सुनको मूल्य भने १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ ।बुधबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ ताकिएको थियो ।बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ । बुधबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।








प्रतिक्रिया दिनुहोस्